जेलघरमा मान्छे रित्तिएपछि होटललाई भाडामा

अर्थात१६ माघ २०७५ ।एजेन्सी/नेदरल्याण्डमा अपराधीको संख्या घटेपछि त्यहाँ रहेको एक जेल सरकारले भाडामा दिने तयारी गरेको छ।

नेदरल्याण्डमा जेलमा थुन्नुपर्ने अपराधीको अभाव हुँदा जेलका कर्मचारीहरु समेत फूर्सदिला भएका छन्। नेदरल्याण्ड अपराध सूचकांकमा युरोपका अन्य देशहरु भन्दा न्यून २८.१४ सूचकांकमा रहेको छ।

कैदीको अभाव भएकै कारण केही वर्षभित्र त्यहाँका १९ ओटा जेल बन्द भइसकेका छन् भने केही आगामी वर्षभित्र बन्द हुने अवस्था रहेको बिधिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । बन्द भएका धेरैजसाे जेल भवन अहिले होटलको रुपमा पनि परिणत भएका छन्।
स्थानीय सरकारले खाली भएका सबै जेल भवन भाडामा दिनेबारे योजना बनाएको छ । अपराध सूचकांक यसरी जेल चलान गर्नुपर्ने अपराधीको संख्या घट्नुमा स्थानीय सरकारले लिएको अनुकरणीय नीतिको प्रभाव मानिएको छ।

‘डच सेवामा हामी व्यक्तिका बारेमा सोच्छौं,’ नोगर्हाभेन जेलका डेपुटी गभर्नर जाँ रोइलोफ भान डेर स्पोइल बीबीसीसित भने ।

‘कसैको ड्रगसम्बन्धी समस्या भए हामी उनीहरुको कुलतको उपचार गर्छौं’ पैसाको समस्या भएमा ऋणसम्बन्धी परामर्श दिन्छौं र यस्तो गरेर हामी अपराध हुनुका कारणलाई हटाउने प्रयास गर्छौं,’ उनले अगाडि थपे ।

अपराधी आफैंले आफूमा परिवर्तन ल्याउने चाहना राख्नुपर्ने भएपनि आफ्नो यो उपाय प्रभावकारी भएको स्पोइलले बताएका छन् । समाचारमा जनाइए अनुसार त्यहाँका जेल झट्ट हेर्दा अपार्टमेन्टजस्तो निकै सुविधायुक्त छन्।

जेलभित्र थ्रिडी सिनेमा, चौरीसी व्यञ्जन, स्रोतसम्पन्न पुस्तकालय, बैठक कक्ष, एट्याच बाथरुम, एसीसहितका सुविधा छन्।

newskiran.com

newskiran.com

You May Also Like