अर्को नयाँ वर्षमा जीवन सुखी र राष्ट्र समृद्धि-प्रधान मन्त्री केपी ओली

१७ पुस २०७५ बुधबार (१ जनावरी २०१९)-
अङ्ग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्को नयाँ वर्षको सङ्घारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने बताएका छन् । प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् “ निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै मैले पटक पटक सङ्कल्प गरेको छु– जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिने छैन । सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु । ” अङ्ग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा पुष १७ गते बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्को नयाँ वर्षको सङ्घारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने छ । प्रधानमन्त्रीओलीले सन् २०१८ संबिधान कार्यान्वयन र संक्रमणकाल अन्त्यको वर्ष भएको बताएका छन् । प्रधानमन्त्री ओलीले सन् २०१८ लाई राजनीतिक उपलब्धिको वर्ष पनि भनेका छन् । “ जननिर्मित नयाँ संविधानअनुसार निर्वाचनका माध्यमबाट तीनै तहका सरकार गठन भई बितेको वर्षमा राजनीतिक सङ्क्रमणकालको अन्त्य भयो ”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “सङ्क्रमणकालीन संशयहरुलाई चिर्दै ‘समृद्ध नेपाल–सुखी नेपाली’को सङ्कल्पसहित हामी विकास र समृद्धिको महाअभियानमा अभिमुख छौं । राजनीतिक सङ्घर्ष र व्यवस्थापनको बहसबाट सिङ्गै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहेको राससले जनाएको छ।

newskiran.com

newskiran.com

You May Also Like