१३ माघ २०७९ काठमाडौं । विद्याकी देवी सरस्वतीलाई पूजा गर्ने दिन प्रायः विद्यालयले निशुल्क भर्ना अभियान चलाउने गरेका छन् । निशुल्क भर्ना अभियानको नाममा एक विद्यालयले अर्को विद्यालयका विद्यार्थी तानेर हैरान बनाउन थालेका छन् । केही वर्ष अघि तारा पुञ्जको विद्यार्थी लालीगुराँस र एभरेष्ट स्ज्ञाकुलले तानेर हैरान बनाएको थियो ।त्यसयता ज्ञानकुन्जको विद्यार्थी सयपत्री स्कुलले र पिस प्वाइन्टको अनन्त स्कुलले,ललित एकेडेमीको केही विद्यार्थी कोपिला स्कुलले तान्ने गरेको महालक्ष्मी नगरपालिका प्याब्सनका एक सदस्यले न्युनिकरण डटकम अनलाइन खबरलाई जानकारी दिए । २८ जना प्रधानाध्यापक उपस्थित बुधबार भएको महालक्ष्मी नगरपालिका प्याब्सनको बैठकमा एक विद्यालयका विद्यार्थी अर्कोमा तान्न नहुने जानकारी गराइएको थियो ।त्यसो त जसले नियम बनाउँछ प्रायः सोही विद्यालयले नियम धेरै तोड्ने गरेको महालक्ष्मी नगरपालिकामा शुभतारा स्कुल विद्यार्थी तानातानकै कारण न्यू मिलिनियम स्कुलमा गाभ्नु परेको थियो ।
ठुला भनिएका युनाइटेड,डनबक्सोको सामू हालै बन्द गरिएको शुभतारा स्कुलमा २६५ जति विद्यार्थी थिए।तर शिक्षक शिक्षिकाको तलब भने विद्यालयले सरकारी स्तरकै दिने गरेको थियो ।
सबैभन्दा धेरै शिक्षक फेर्ने विद्यालय नमुना बन्दै:-
शैक्षिक सत्र सुरु हुनेसाथ नयाँ शिक्षक हेरफेर गरिरहने महालक्ष्मी नगरपालिका प्याब्सनका अध्यक्ष केकेमल्ल हुन । त्यसैगरी ४/५ हजार तलबमा काम लगाएर १ वा २ वर्ष राख्दै निकाल्ने अर्को विद्यालय सामागाउँमा रहेको कोपिला इङ्लिस सेकेण्डरी स्कुल हो । प्याब्सनका केन्द्रीय सचिव समेत रहेका रत्न महर्जन सो स्कुलका संस्थापक हुन ।उनले अधिकांश शिक्षक शिक्षिकाको श्रमशोषण गरेका छन् ।५,७ वर्ष काम गरेका शिक्षक शिक्षिकाको लकडाउनकालमा संस्थापक रत्न महर्जनले पैसै दिएनन् कतिलाई । कसैलाई महिनाको ३ हजार मात्र दिएको केही शिक्षक शिक्षिकाको गुनासो छ ।तर, विद्यार्थी सँग भने उठाउन बाँकि शुल्क पूरै उठाए र जग्गा दले समेत बनेको एक शिक्षक शिक्षिकाको बताइन ।यो त एउटा उदाहरण मात्र हो । महालक्ष्मी नगरपालिका शिक्षा विभाग सरकारी विद्यालय बाहेक प्राइभेट तिर नजर पुर्याउँदैन । नियमनकारी निकाय वा सरोकारवालाको ध्यान नै पुग्दैन्। यो त एउटा उदाहरण मात्र हो ।जिल्लामा चलेका विद्यालय एल ए,जेम्स, सेन्ट जेभियर्स र डिएभी लगायतमा समेत लकडाउनकाल देखि विद्यार्थी तानेर हैरान तथा शिक्षक शिक्षिकाको श्रमशोषण गरेको पाइएको छ ।श्रम ऐन र विद्यालय विनियममा कुनै शिक्षक शिक्षिकाको श्रमशोषण गर्न पाइदैन भनिएको छ । नियुक्ति पत्र नदिई काममा लगाउन नपाइने व्यवस्था श्रम ऐनमा भएपनि प्रधानाध्यापक/संचालकले न शिक्षक शिक्षिकाको संचयकोष व्यवस्था गरेको छ न सामाजिक सुरक्षाकोषमा सूचीकृत नै गरेको छ ।औंलामा गन्न सकिने ४,५ वटा विद्यालयले नियमानुसार तलब दिए पनि ती बाहेक ललितपुरका बोर्डिङ स्कुलले शिक्षक शिक्षिकालाई श्रमशोषण बढाउँदै गरेको बुझिएको छ ।एक विद्यार्थीबाट महिनाको सरदर ३ देखि १५ हजार सम्मको शुल्क असुल्दै शिक्षक शिक्षिकाको तलब भने ५,६ हजार सम्म दिने गरेको कोपिला स्कुलका एक शिक्षक सोकि(नाम परिवर्तन)ले बताए ।
सरस्वती पूजाको दिन एक विद्यालयका विद्यार्थी खेलमा रमाउँदै:-