स्वस्थानी ब्रतकथाको पाचौ अध्याय यस्तो छ

९ माघ २०७९ काठमाडौं । कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! एक दिन पार्वतीले बुकुवा धस्ता निस्केको मयलले मूर्ति बनाई द्वारमा पाले राखेकी थिइन्। महादेव बाहिरबाट आएर भित्र जान खोज्दा त्यस मूर्तिले जान दिएन र त्यससित युद्ध गरी त्यसको शिर छेदन गरी भित्र जानुभयो। अनि पार्वतीले महादेवसित ‘द्वारमा कोही बसेको थिएन?’ भनी सोधिन् र महादेवले ‘त्यसको त मैले शिर छेदन गरेर आएँ’ भन्नुभयो। अनि पार्वतीले त्यो त मेरो पुत्र हो। किन शिर छेदन गर्नुभयो? भनी पुत्र भावले स्नेह र शोक गर्न लागिन्। अनि महादेवले- हे पार्वती! मेले थाहा नपाएर त्यस्तो गरें, बचाइदिन्छु शोक नगर भनी बुझाई आफ्ना गणहरूलाई डाकी-‘हे गण हो! चारै दिशामा गई पहिले जे भेट्दछौ त्यसैको शिर छेदन गरेर ल्याओ।’ भनी चन्द्रबाण दिएर पठाउनुभयो। गणहरू ‘जो आज्ञा’ भनेर चारै दिशामा हेर्दै जाँदा निकै बेरपछि यौटा हात्ती फेला पारे र महादेवको आज्ञानुसार चन्द्रबाण प्रहार गरे। त्यो बाण गएर हात्तीको गर्दनमा लागेर शिर छेदन भयो र यौटा मात्र दाँत भएको अग्लो र राम्रो थियो। त्यस्तो हात्तीको शिर लागीर महादेव को अगाडि राखिदिए। अनि-‘हामीले यही पायौं’ भनी बिन्ती गरे। तब श्रीमहादेवले हात्तीको शिर मृत मूर्तिमा जोरेर जीवित पारिदिए। त्यही मूर्तिको नाम ‘गणेश’ भई पार्वती- पुत्र कहलाए।

त्यसपछि महादेव पार्वतीसित मात्र भुलेर भित्र नै रहन लागे। महादेव, बिना यो ब्रह्माण्ड संसारको रक्षा कसरी होला? अत: यस्तो विचार गरेर इन्द्रले अग्निलाई डाकेर-‘हे अग्नि! तिमी गएर महादेवलाई बाहिर ल्याउने काम गर’ भनी, अग्निलाई अह्राए। इन्द्रको वचन सुनी अग्निले ‘हवस्’ भनी कैलास पर्वतमा गएर भित्र जान लाग्दा द्वारपालले जान दिएन र वायुरूप भई ताल छिराउने प्वालबाट भित्र पसेर भिक्षुकरूप भई महादेव-पार्वती एकान्त गरिरहेका स्थानमा पुगे। त्यस्तो किसिमले भित्र आएका अग्निलाई देखेर महादेव रिसाई भस्म गर्न लाग्नुभयो! तब जगत्माता पार्वतीलाई दया लाग्यो र बिन्ती गरिन्- हे नाथ! भिक्षा माग्न आएका भिक्षुकलाई भस्म पार्नु अनुचित हो। नजानेर आएछन्, बरू केही दिउँ र जाउन्’ भनिन्।

अनि महादेवले आफ्नू हातमा वीर्य थापेर ‘लौ भिक्षाले’ भनेर दिनु भयो। अग्निले पनि त्यो वीर्य निलिदिए। शिवको अमोघ वीर्यले अग्निलाई गर्भ रह्यो र अग्नि डराई यो अनर्थ हुन लाग्यो भनी त्यहाँबाट गंगाको किनारमा गएर कुशको झाङमा उकेलिदिए। त्यो वीर्य आगो बले झैं बलिरहेको थियो। सप्तऋषिका पत्नीहरू गंगा स्नान गरेर फर्कन्दा आगो बलेको देखेर ‘कसले आगो बालेर गएछ, ताप्न जाऊँ’, भनेर गए। यौटीले चाहिं ‘अक्काले बालेको आगो ताप्नु हुँदैन भनी गइनन्। छः जना आगो तापेर घर गए। ती आगो ताप्ने जतिलाई गर्भ रह्यो र ऋषिहरूले थाहा पाई-‘तिमीहरूलाई कसरी गर्भ रह्यो? भनी सोधे। ऋषि-पत्नीहरूले केही उत्तर दिन सकेनन् र ऋषिहरू, रिसाई श्राप दिए। अनि ती ऋषिपत्नीहरूले त्यो वीर्य गंगामा उकेली आकाशमा गएर षट्कृत्तिका तारा भइरहे। त्यही वीर्यबाट षट्वक्त्र अर्थात् छ मुख भएका कुमार, उत्पन्न भएर गंगाका पुत्र भइ श्रीमहादेव कहाँ, कैलासमै रहे।

उसपछि कुनै दिन महादेवले गणेश र कुमार दुवैलाई डाकेर आज्ञा भयो- ‘हे गणेश! हे कुमार! तिमी दुवैजना गएर सुमेरु परिक्रमा गरेर आओ। जो पहिले आउला त्यसलाई वरदान दिनेछु।’ यति श्रीमहादेवको आज्ञा सुनी कुमार मयूरमा चढेर सुमेरु परिक्रमा गर्न हिंडे। कुमार हिंडेको देखेर गणेश आत्तिई अब कसो गरूँ भन्दै आफ्नू वाहन मूसो छेउ गए। मूसोले गणेशलाई चिन्तित देखेर-हे विनायक! किन चिन्तित हुनुभयो? के आपत आइप्यो?’ भनी सोध्यो। अनि विनायक भने-सुमेरु परिक्रमा गरेर आओ भनी, महादेवले आज्ञा भएको र कुमार हिंडिसकेको सारा कुरा सुनाइसकी-‘अब कसो गरूँ, तँ त्यस्तो, म यस्तो लामू सूँढ़ र ठूलो पेट भएको। म हिंड्नै सत्तिन। यति विनायकले भनेको सुनी मूसो भन्दछ-हे गणेशजी, तपाईंलाई म केही ज्ञान दिन्छु सुन्नुहवस्-महादेव, पार्वती, र गंगा तीनै जना बसेको स्थानमा गएर अंजलि जोरी- ‘हे पिता
माता! मेरा सुमेरु पर्वत पनि हजुर, सम्पूर्ण देवताका देवता पनि हजुर।’ भनी तीन प्रदक्षिणा गरेर दण्डवत् गर्नुस अनि हजुरलाई अवश्य वरदान प्राप्त हुनेछ। आफ्नू वाहनको अर्ति मानेर गणेशजीले त्यसै गरे अनि महादेव प्रसन्न भएर-‘हे गणेश! तिमी धन्य रहेछौ, वरदान लेऊ। स्वर्ग, मत्त्य, पाताल तीनै लोकमा कसैले कुनै पनि काम तिम्रो पूजा नगरेर गर्यो भने सिद्ध, हुनेछैन।’ यस्तो वरदान दिनु भयो।

उता सुमेरु परिक्रमा, गर्न गएका कुमार आइपुगेनन् र गंगाले महादेवसित बिन्ती गरिन्-हे जगदीश्वर! गणेशले वरदान पाए, तर, मेरो पुत्र कुमार आइपुगेन। गंगाको वचन सुनी महादेव, भन्नुहुन्छ-‘हे गंगे! तिमी स्वस्थानी परमेश्वरीको व्रत गर, अनि तिम्रा पुत्र कुमार आइपुग्नेछन्।’ यति शिवले आज्ञा भएको सुनी प्रसन्न भइन् र व्रत-विधि सोधिन्। अनि महादेवले स्वयं व्रत-विधि बताउनु भयो- हे गंगे! पौष शुक्ल पूर्णिमाको दिनदेखि हात-खुट्टाका नङ काटी, स्नान गरी, पवित्र भइ एकभक्त रही, एकचित्त गरी मेरो पुत्र कुमार झट्ट आइपुगोस् भनी नित्य मध्यान्ह कालमा श्रीमहादेवको पूजा गर्न लागिन्। महीना दिन भयो र माघशुक्ल पूर्णिमाको दिन अष्टोत्तर सय रोटी, अष्टोत्तर सय वेली-पुष्प, अष्टोत्तर सय अक्षता, अष्टोत्तर सय पान, अष्टोत्तर सय कुड्का सुपारी र पञ्चामृत, वस्त्र, फल-फूल, धूप-दीप नैवेद्य आदि समस्त वस्तु तयार पारेर आश्ीमा ॐकार लेखी स्वस्थानी परमेश्वरीको पूजा गरिन् र अर्घ्य दिई स्तुति गरिसकेर प्रसाद झिक्न लाग्दा स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले कुमार आइपुगे। अनि गंगाले धन्य श्री स्वस्थानी परमेश्वरी, भनी आफ्नू पुत्रलाई प्रसाद र आशीर्वाद दिइन्। अनि कुमारले महादेवकहाँ गई बिन्ती गरे-‘हे पिता! म पनि वरदान पाऊँ।’ अनि महादेवले आज्ञा भयो हे कुमार! स्वर्ग, मत्त्य, पाताल तीनै लोकमा कसैले केही काम गर्दा पहिले तिम्रो पूजा नगरेर गरे भने त्यो कार्य सिद्ध नहोओस्’ भनी वरदान दिनुभयो।
कुमारले मारिदिनेछन्। अब समस्त देवता, यक्ष, गन्धर्व आदि कुमारलाई सेनापति बनाई युद्ध गर्न जाओ, पछि म पनि आउनेछु।’

यति महादेवको, आज्ञा सुनी इन्द्रादि तेत्तीस कोटि देवता, यक्ष, गन्धर्व, भूत-प्रेत, प्रमथगण समेत भई तारकासुरसँग युद्ध गर्न, पिनाक धनू लिई प्रस्थान गरे। गणेशलाई भन्न बिर्सेछन्। अनि गणेशले आफ्नू वाहन मूसोसित भने-‘हेर, मलाई वरदान दिएर पनि हेलाँ गरे। ‘ गणेशजीको कुरा सुनी मूसली भन्यो-‘हे विनायक! हजुरलाई अन्यथां गरेको | होइन, भन्न बिर्से। म अहिल्यै सम्झाएर आउँछु’ भनी
गएर प्रस्थान गरिराखेको पिनाक धनुको ताँदो काटेर आयो। त्यस्तो देखेर देवताहरूले यो प्रस्थान भएन, विघ्न पर्यो भन्नलागे। तब महादेवले आज्ञा भयो- ‘हे देवता हो! विघ्न परेको होइन, तिमीहरूले गणेशलाई भन्न बिर्सेछौ उसलाई पनि लिएर जाओ।’ यति महादेवले आज्ञा गरेपछि गणेश सहित सबै अमरावती युद्ध गर्न गए। देवता र दैत्यको परस्पर भयंकर संग्राम भयो। तारकासुर दैत्यले कुमारको रथ धचेटी एक योजन, पछि हटायो। त्यो देखैर कुमारले तारकासुरको रथ, घचेटी चार योजन पछाडि हटाइदिए। अनि तारकासुरले खड़ग प्रहार गयो।

कुमारले आफूतिर खड्ग आएको देखेर कानसम्म धनु खैंची तारकासुर दैत्यको घिनो, ताकी चन्द्रबाण प्रहार गरे। त्यो चन्द्रबाण गएर दिनको सूर्य अस्ताई रातको तारा नदेखिंदै साँझको वेलामा तारकासुर दैत्यको शिर छेदन गर्यो। त्यो देखेर श्रीमहादेव तत्काल पुगेर तारकासुरको शिर भूमिमा पर्न नपाउँदै, बीचैमा समाउनु भयो। गिंड युद्ध-भूमिमा ढल्यो। त्यसरी, तारकासुर मरेको देखेर अरू दैत्यहरू संग्रामबाट भागेर आफाफ्नू प्राणरक्षा गरे। अनि समस्त देवताहरूले धन्य धान्य कुमार! भनी उनको गुण-गान गर्दै कैलास पुगे । उहाँ इन्द्रले विन्ति गरे-‘हे ईश्वर! हजुरको कृपाले शत्रुको संहार गरेर आयौं। अब आज्ञा पाए अमरावती जाने थियौं। यति देवेन्द्रको प्रार्थनां सुनी महादेवले-तिम्रो, | राज्य नि:कण्टक हवस्, भनी बिदा दिनुभयो र इन्द्रादि देवताहरू श्री महादेवलाई दण्डवत् प्रणाम गरी अमरावती गएर सानन्द राज्य गर्दा भए।

इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी-परमेश्वर्या ब्रतकथायां तारकासुरदैत्यवधवर्णनंनाम पञ्दशोऽध्यायः।।१५।।

ओमटिभीमा वाचन भएको कथा यस्तो छ:-

newskiran.com

newskiran.com

You May Also Like