लक्ष्मी प्रसाद देवकोटाको जन्म

२१ कार्तिक २०७५-महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जम जयन्ती आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली साहित्यका विराट प्रतिभा देवकोटाको जन्म विसं. १९९६ कार्तिक कृष्ण औसी अर्थात् लक्ष्मीपूजाको दिन पण्डित तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीका तेस्रा सन्तानको रूपमा काठमाडौँको डिल्लीबजारमा भएको थियो । न्वारानको नाम तीर्थमाधव देवकोटा भएपनि लक्ष्मीपूजाको दिन्न जन्मिएकाले उनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिन गएको हो । सानैदेखि लेख्थे कविता दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए र ती कृतिका माध्यमले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

newskiran.com

newskiran.com

You May Also Like