मिस्यौरामा महिलालाई भित्री वस्त्र बन्देज

१५ कार्तिक २०७५- विश्वमा यस्ता देशको कमी छैन् जहाँ अझैपनि महिलाहरु निकै तल्लो स्तरको जिवन बाँच्न बाध्य छन् र उनीहरुको स्वतन्त्रता छिनिएको छ । न त उनीहरुलाई आफ्नो इच्छा अनुसार खाने स्वतन्त्रता छ, अनि कपडा लगाउने, घुम्ने र बोल्ने नै । यति भनिसकेपछि महिलाहरुले भित्री वस्त्र लगाउन नपाउने कानून निश्चय पनि गरीब तथा पिछडिएका कुनै देशहरुमा होला भन्ने लख काट्नुभयो होला । तर होइन । दुँनियाको सबैभन्दा धनी तथा विकसित र शक्तिशाली देश अमेरिकामै यस्तो कानून रहेछ । अमेरिकाको मिसौरी राज्यमा यस्तो कानून छ, जसले महिलाहरुलाई भित्री वस्त्र लगाउन बन्देज गरेको छ । मिसौरीको कानूनले महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाएको छ र यदि कानूनको उल्लंघन गरेमा सख्त कारबाहीको प्रावधान छ । सयौँ वर्षदेखि उक्त कानून मिसौरीमा लागू छ ।महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाउनुको अनौठो कारण रहेछ । वास्तवमा त्यो महिलाकै हितका लागि पो रहेछ । भित्री वस्त्र लगाउँदा महिलाहरु आम अमेरिकी महिला भन्दा कम सुन्दर देखिने र सुडौल जिउडालका लागि प्रशंसाको अधिकार गुमाउने तर्क गरिएको छ । अझ रोचक कुरा त के भने त्यहाँ महिलाहरुले नाइट गाउन लगाउन पनि पाउँदैनन् । यदि नाइट गाउन लगाएको अवस्थामा कुनैपनि महिला अप्ठेरोमा परेर उद्धार गर्नुपर्ने अवस्था आएमा उद्धारकर्मीहरुले त्यस्तो पहिरन लगाएको महिलालाई उद्धार गर्न नपाउने कानून पनि त्यहाँ छ । सायद यो कुनै निस्प्रभावी कानून हुनसक्छ भन्ने खबर नेपाल समाचार पत्रले छापेको छ ।

newskiran.com

newskiran.com

You May Also Like