एसईईको आवेदन खुला,मङ्सिर ८ गतेदेखि पुस १० गतेसम्म आवेदन भर्न पाइने


९ मङ्सिर २०७९ भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयले बिहीबारबाट माध्यमिक शिक्षा परीक्षा कक्षा-१० (एसईईई) को आवेदन खुलाएको छ । नियन्त्रण कार्यालयले सार्वजनिक सूचना जारी गर्दै परीक्षाको आवेदन खुलाएको हो ।

मङ्सिर ८ गतेदेखि पुस १० गतेसम्म आवेदन भर्न पाइने कार्यालयले जनाएको छ । माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आवेदन दिन सक्ने छन्। विद्यालयहरूले पुस १७ गतेभित्र विद्यार्थीले भरेका आवेदन शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसक्नुपर्ने र माघ मसान्तसम्म शिक्षा विकास तथा समन्वय इकाईहरूले परीक्षा केन्द्र निर्धारण गरिसक्नुपर्ने सूचनामा उल्लेख छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत २ वर्ष लकडाउको प्रभावमा शिक्षा विकास तथा समन्वय इकाईलाई नम्बर पठाउन आधिकारिक बनाइएको थियो भने ०७८ पछि पुनः परीक्षा बोर्डले परीक्षा लिदैं आएको छ ।

newskiran.com

newskiran.com

You May Also Like