रामेछाप -१ क प्रदेश सभामा नेकपा माओवादी केन्द्रका तारा नारायण श्रेष्ठ विजयी


९ मङ्सिर २०७९ रामेछाप । गठबन्धनबाट रामेछाप प्रदेश सभा सदस्य क मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका तारा नारायण श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १७ हजार १४८ मत ल्याएर विजयी भएका हुन् । प्रतिद्वन्द्वी नेकपा एमालेका शान्ति पौडेलले १५ हजार १५७ मत मात्रै प्राप्त गरेका छन् । घोषणा हुन भने बाँकि छ।

प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका पूर्ण बहादुर तामाङ (कान्छाराम) र नेकपा एमालेका कैलाश ढुंगेल प्रतिस्पर्धामा छन् ।
को हुन तारा नारायण श्रेष्ठ ?
स्थानीय नेता भनेर चिनिने तारा नारायण श्रेष्ठ रामेछाप कठजोरमा जन्मिएका सिंहबिर साहुका खलक हुन्। उनको बाबुको नाम शेष नारायण श्रेष्ठ हो । स्नातक तह पढेका श्रेष्ठ पहिलो बनेपा जिल्लामा निकै समय प्राध्यापन पेसामा संलग्न रहे । आमाको निधनमा गाउँ फर्केका तारा नारायण ४-५ वर्ष गाउँ घरमै खेतीपाती गरेर बसे ।उनी स्नातक व्याक परीक्षा दिन गाउँबाट काठमाडौं आए तर परीक्षा अघिल्लो दिनै सकिएको थियो । गाउँमा रहेको सरकारी हाइस्कुल निलकण्ठेश्वरमा शिक्षक बन्न प्रस्ताव गरिएको थियो तर उनलाई विद्यालय प्रशासनले नियुक्त गरेन । माओवादी जनयुद्धको लहर चलेको थियो । गाउँमा माओवादीमा होमिन उनलाई प्रस्ताव आयो । त्यतिबेला उनलाई माओवादी युद्ध जान प्रस्ताव गर्ने स्थानी नेताहरु गोकर्ण,बलम्पाखिनी, नारायण आले लगायत थिए । उनलाई माओवादी बन्न खासै रहर थिएन। तर बाध्यता भने थियो ।

गाउँमा तात्कालीन समयमा कि आर्मी प्रहरी कि माओवादी बन्नुको विकल्प थिएन । उनी नारायण आलेको घरबाटै ल म आजबाट पार्टी गएँ भनेर हिँडे । करीब १० वर्षे जनयुद्धको परिणाम उनी ०६४ साल चैतमा भएको चुनावमा रामेछाप १ बाट सभासद बने । सभासद बनेपछि उनको बाबाको मृत्यु भयो । उनी पार्टीमा निरन्तर क्रियाशील रहे । पार्टी टुटफुट भयो तर उनी कतै फुटेनन् । संविधान सभाको दोस्रो निर्वाचनमा उनलाई पार्टीले टिकट दिएन् । उनका सहयोद्धा लक्ष्मी सुनुवारलाई टिकट दिइयो तर हार खायो यसपालि उनी उठे जिते ।
न्यूजकिरण डटकम अनलाइन खबरका सम्पादकसँग एक क्लिक

newskiran.com

newskiran.com

You May Also Like