झापा-३ बाट विजयी बने राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन

८ मङ्सिर २०७९ झापा : झापा क्षेत्र नम्बर ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित बनेका छन् ।

एमालेसँग चुनावी तालमेल गरी उम्मेदवार बनेका लिङदेनले नेपाली कांग्रेसका नेता सिटौलालाई ३ हजार २७६ मतान्तरले हराएर निर्वाचित बनेका हुन् । सत्तारूढ गठबन्धनका साझा उम्मेदवार थिए ।

लिङदेनले ४० हजार ६४८ मत ल्याएकोमा सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका छन् । दुई पटक लिङदेन र दुई पटक सिटौलाले जितेका छन् ।

१ लाख ३१ हजार ४३२ मतदाता रहेको झापा ३ मा ८९ हजार ६३७ मत खसेको थियो ।

newskiran.com

newskiran.com

You May Also Like