गोरखामा क्रिश्चियन प्रचारक बढे

८ कार्तिक २०७५-हिन्दु राष्ट्रको वाहुल्यता रहेको नेपालको एक जिल्ला गोरखा सदरमुकाममा क्रिस्चियन धर्मावलम्बी धर्म प्रचारमा सक्रिय बन्न थालेका छन् । धर्म प्रचार गर्ने टोलीले गोरखा बजारका घर-घर एवं कोठा-कोठा गएर धर्म प्रचार गरिरहेका छन् । ‘बिहान झिसमिसेमै तीन जनाको टोली हामी आउन सक्छौं ? भन्दै कोठाभित्र आए’ हरमटारी टोलका स्थानीयले भने, ‘एक जना माराको नाम गरेका जापानी नागरिक थिइन । अर्की मसेल रावलडाँडाकी देविका रावल ।लगानीकर्ता जस्ता देखिने उनीहरुका नजर काठमाडौँमा स्कुलमा लगानी गरेर गोर्खातिर घरका कोठा कोठा पसी एक घण्टासम्म क्रिस्चियन धर्मको बयान गर्दै सोझासाझा गाउँलेहरुलाई यस धर्ममा आउनु भनेर फकाउँदै बाइबल दिएर गएको उनले बताए ।भूकम्पपछि गोरखामा क्रिस्चियन धर्म प्रचारमा तीव्रता छ । विशेष गरी विपन्न बस्तीमा बढी धर्म प्रचार छ भन्ने खबर विहिबारकोअन्नपूर्ण पोष्टमा प्रकाशित छ।

newskiran.com

newskiran.com

You May Also Like