काठमाडौं -७ मा गठबन्धन उम्मेदवार बाबुराम भट्टराईको छोरी मानुषी , उम्मेदवारको ११ बुँदे प्रतिवद्धता सार्वजनिक


३० कार्तिक २०७९ काठमाडौं ।वाम गठबनधनले संविधानको रक्षा, सुशासन र सम्वृद्धिको लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान सहित काठमाडौं क्षेत्र नं ७ का लोकतान्त्रिक -वाम गठबन्धनका साझा उम्मेदवारको प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । प्रतिनिधि सभा सदस्यमा मानुषी यमी भट्टराई, प्रदेश सभा १ मा बसन्त मानन्धर र प्रदेश सभा २ मा सविन तामाङ उम्मेदवार बनेसँगै उनीहरुले ११ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्। जसमा अन्तर्गत शिक्षा, स्वास्थ्य, सुशासन, भौतिक पूर्वाधार,सम्पदा संरक्षण र प्रवर्धन,युवा खेलकुद तथा रोजगार, आत्मनिर्भर अर्थतन्त्र,, कृषि तथा पशुपालन, सामाजिक न्याय तथा सुरक्षा, विपद् व्यवस्थापन र विज्ञ /प्रबुद्ध समूह रहेका छन् ।

को हुन प्रतिनिधि सभा सदस्यका रूपमा रहेकी उम्मेदवार मानुषी?
पूर्व प्रधानमन्त्री एवम् जनयुद्धका संस्थापक बाबुराम भट्टराईको छोरी मानिषी भट्टराई काठमाडौं-१८, भुरुङखेलमा जन्मेकी हुन् । माओवादी नफुटेको समय पार्टीमा निकै चर्चित नेता मानिने बाबुराम भट्टराईको छोरी हाल नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य छिन् । त्रिविबाट राजनीतिशास्त्र र इतिहास विषयमा स्नातकोत्तर गरेकी उनी एक कलेजमा अध्यापन पनि गर्दैछिन् । सामाजिक न्याय र नागरिक अधिकारको पक्षमा सशक्त आवाज उठाउने मानुषी महिला हिँसा र बलत्कार बिरुद्धका थुप्रै अभियानमा नेतृत्वदायी भूमिकामा सहभागी छिन्
। बाबुराम भट्टराईको गड एरिया गोरखामा प्रचन्ड चुनावमा उठेपछि उनको सहयोग काठमाडौं-७ मा मानुषीलाई मिल्ने अनुमान गरिएको छ । उनी भन्छिन् अहिलेसम्मको परिणाम
हेर्दा बिजयी भइने आशा लिएको छु ।
उनलाई साथ दिने प्रदेश सभा-१ का उम्मेदवार बसन्त मानन्धर नेकपाको केन्द्रीय कमिटी सदस्य हुन् । मानन्धर ०७५ सालको निर्वाचनमा वागमती प्रदेश सभामा सदस्य निर्वाचित भई हाल वागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाई मन्त्री छन् । त्यसैगरी प्रदेश सभा -२ का उम्मेदवार सविन तामाङ नेपाली काँग्रेस वागमती प्रदेश सदस्य हुन् ।०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बनेका तामाङ विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा लागेका हुन् ।

newskiran.com

newskiran.com

You May Also Like