आइतबार १०:४५ देखि सोमबार ५:४५ सम्म उल्का वर्षा हुने

४ कार्तिक २०७५- आइतबार राति १०ः४५ देखि सोमबार बिहान ५ः४५ सम्म उल्का वर्षा हुने भएको छ। उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ‘ओरियनिड मिटियर सावर’ अर्थात् ‘मृगशिरा उल्कावर्षा’ भनिन्छ। उल्का वर्षा हेर्नका लागि सोमबार बिहान ३ः४५ बजे उत्तम हुने ‘नेपाल एस्ट्रोनोमिकल सोसाइटी’ श्रोत बताउछ।सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताएनुसार अत्यधिक उल्का वर्षाका बेला प्रतिघन्टा २० वटासम्म उल्का देखिने हुन्छ । उल्का वर्षाको गति प्रतिसेकेन्ड ६७ किमिसम्म हुने भएकाले करिब ७० किलोमिटर माथि वायुमण्डलमा घर्षण पैदा भएको दृश्य देखिने गर्छ । सूर्यको परिक्रमा गर्ने क्रममा नजिक आइपुग्दा पुच्छ्रेताराले आफ्नो कक्षमा धुलोका कण तथा चट्टान छाड्ने गर्छ ।जब पृथ्वी पुच्छ्रेताराको नजिक पुग्छ, तब ती धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किदै जल्न थाल्छन् । यसैलाई हामी उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपामा ‘तारा खसेको’ पनि भनिन्छ । बेलायती खगोलशास्त्री ‘एडमन्ड हेली’ ले न्युटनको गुरुत्वाकर्षणसम्बन्धी सिद्धान्तका माध्यमले सौर्यमण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रातमा यो पुच्छ्रेतारा पत्ता लगाएको हुनाले यसलाई ‘हेलीको पुच्छ्रेतारा’ नामाकरण गरिएको थियो । यसले ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्छ।अब सन् २०६१ मा मात्रै देखिने अनुमान गरिएको यो उल्का वर्षा यसअघि सन् १९८६ मा देखिएको राससले जनाएको छ।

newskiran.com

newskiran.com

You May Also Like