भरुवा बन्दुक बाँदरले, छल्यो कार्की ठहरै

४ कार्तिक २०७५-हुम्लामा रङ्गमल महतारा नामक एक व्यक्तिले आफ्नो स्याउ फर्ममा पसेको बाँदरलाई भरुवा बन्दुक पड्काएर तर्साउँने क्रममा आफ्नै गाउँका सुरेन्द्र कार्कीको मृत्यु भएको छ।बाँदरलाई महताराले ताकेर हानेका थिए तर बाँदरले गोली छलेर भागेको थियो।अर्को दिशाबाट आउँदै गरेका सुरेन्द्रलाई सो गोली लाग्यो।गोली लाग्नासाथ सुरेन्द्र चिच्याउँदै ढलेका थिए।
सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्की ढलेपछि शुक्रबार नै उपचारार्थ स्वास्थ्य चौकी रिपतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो।कार्की सो दिन गोठाला गएका थिए।महतारा उनकै गाउँका हुन्। ४० वर्षीया महतारालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरी शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सिमकोटमा ल्याएको प्रहरी प्रमुख उपरीक्षक रबिन श्रेष्ठले जानकारी दिएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रासस

newskiran.com

newskiran.com

You May Also Like