श्रीमानलाई लात्ता हान्ने श्रीमती छ वर्ष जेल

३ कार्तिक २०७५- युरोपेली मुलुक इटलीमा अनौठो घटना भएको छ।आफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एक जना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा अभियोग मुद्दा दर्ता गराएका छन् । यदि उनको अभियोग प्रमाणित भयो भने विचरी ती श्रीमतीलाई ६ वर्षसम्मको जेल सजाय हुने पक्कापक्की नै भएको छ । मध्ये दक्षिण इटालीको लाजियोमा बस्ने एक महिलामाथि आफ्नै लोग्नेले घरपरिवारलाई बेवास्ता गरेको आरोपमा उक्त मुद्दा हालेका छन् । उनले आफ्नी श्रीमती विरुद्ध दिएको उजुरीमा श्रीमतीले घर सफा नगरेर परिवारलाई अपहेलना गरेको तथा परिवारप्रति श्रीमतीको दुर्व्यवहार पछिल्लो दुई वर्षसम्म जारी रहेको बताइएको छ । साथै ती ४७ वर्षका पुरुषले आफ्नी श्रीमतीकै त्यस्तो व्यवहारका कारण आफू निकै फोहोर अवस्थामा बस्न बाध्य भएको गुनासो गरेका छन् । आफूले पकाउनका लागि विभिन्न खानेकुरा किनेर ल्याउने गरे पनि श्रीमतीले नपकाउने र कुहाएर टोकरीमा फ्याँक्ने गरेको उनको कटाक्ष छ । उनको अर्को आरोप झनै गम्भीर छ । आफू श्रीमतीसँग एउटै ओछ्यानमा सुत्न नपाएको र सँगै सुत्न खोज्दा लात्ताले हिर्काएर घचेटेको उनको गुनासो रहेको छ । यदि वादीको दाबी पुगेमा ती महिलालाई ६ वर्षसम्मको जेल सजायँ हुनसक्ने कानुनी व्यवस्था रहेको कानुन विदहरुले बताइरहेका छन् ।

newskiran.com

newskiran.com

You May Also Like