रामेछाप जिल्ला कै सर्वाधिक पुरस्कार रासी भएको दोस्रो रामेछाप कप सोमबार बाट शुभारम्भ


१० असोज २०७९ काठमाडौं । रामेछाप जिल्ला कै सर्वाधिक पुरस्कार रासी भएको दोस्रो रामेछाप कप सोमबार बाट शुभारम्भ भएको छ ।
दिपशिखा व्याइज युनाइटेड युवा क्लवले आयोजना गरेको प्रतियोगिता मन्थली नगरपालिका-२ करम्बोटमा क्लवका अध्यक्ष आशिष कार्कीको अध्यक्ष्यता र मन्थली नगरका नगर प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा सोमबार उद्घाटन भएको हो । उद्घाटन खेलमा आयोजक दिपशिखा व्याइज युनाइटेड क्लव र न्यु स्टार युथ क्लव कुनौरी विच प्रतिस्पर्था भएको थियो । सो खेलमा आयोजक दिपशिखा व्याइज युनाइटेड 2 गोल गर्दै विजयी भएको छ भने न्यु स्टार युथ क्लव ले गोल गर्न सकेन ।

दोस्रो खेल मन्थली व्याइज युनाइटेड र मन्थली सांस्कृतिक युवा समाज बिच भएको थियो । सो खेलमा मन्थली व्याइज युनाइटेड 3 गोल गरेर बिजयी भएको छ भने मन्थली सांस्कृतिक युवा समाज 2 गोलमा सिमित रहदै समूह चरण बाटै नक आउट हुन पुग्यो । खेल नक आउट बिधिमा खेलाइएको छ । बाकि रहेका खेल हरु भोली अर्थात असोज ११ गते बिहान ८ बजे प्याराडाइज युथ क्लव खिम्ती र गोरख गण आर्मी बिच प्रतिस्पर्धा हुदै दोस्रो दिनको खेल सुरु गरिनेछ ।

newskiran.com

newskiran.com

You May Also Like