प्रेस नेपालकाे अध्यक्षमा मकवानपुरका मनाेज, बाैद्धिककर्मी महासंघमा डाक्टर ज्ञानेन्द्र चयन


काठमाण्डाैँ । नेपाल समाजवादी पार्टी निकट पत्रकारहरुकाे संस्था प्रेस नेपालकाे अध्यक्षमा मकवानपुरका मनाेज शर्मा ढाेडारी चयन भएका छन् । काठमाण्डाैँमा सम्पन्न बाैद्धिककर्मी महासंघका घटकहरुकाे पुनर्गठन भेलाले तत्कालिन प्रेस मन्चका उपाध्यक्ष रहेका शर्मालाई अध्यक्ष चयन गरेकाे हाे । त्यस्तै संगठनकाे उपाध्यक्षमा त्यस्तै संगठनकाे उपाध्यक्षहरुमा बिरेन्द्र साह हिटलर, राम बिनय साह, सत्य प्रकाश यादव महासचिवमा बिदुर ढु‌गेल उपमहासचिवमा उज्वल पाैडेल सचिवमा रमेश पाेखरेल र काेषाध्यक्षमा गणेश आचार्य चयन भएका छन् । त्यस्तै सदस्यहरुमा यज्ञ कार्की, मन्जु शाही, सुमित्रा घिमिरे, ललन चाैरासिया, सन्जय महर्जन, सन्ताेष गाैतम, रियाज पाैडेल, रामचन्द्र तिम्सेना, लाेकेश कुमार अधिकारीलगायत रहेका छन् ।

जिम्मेवारी पाउनु भएका पदाधिकारीहरुलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले बधाई तथा शुभकामना दिनुभएकाे छ । पूर्व प्रधानमन्त्री भट्टराइले आठाैँ संविधानन दिवसकाे अवसरमा भएकाे कार्यक्रममा डाक्टर भट्टराईले संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीतर्फ संविधान अधुरो रहेको भन्दै संशोधनमार्फत अघि बढ्न समेत अपिल गरेका हुन् । कार्यक्रममा पार्टीका महासचिव रमेश यादव, इश्वर रिजाल, दुर्गा न्याैपाने, कृष्ण शर्मा, केशव शर्मालगायतकाे आतिथ्यता रहेकाे थियाे ।

त्यस्तै बाैद्धिककर्मी महासंघकाे अध्यक्षमा डाक्टर ज्ञानेन्द्र शाह चयन भएका छन् । महासंघकाे बरिष्ठ उपाध्यक्षमा निश्चल शर्मा उपाध्यक्षहरुमा अशाेक थापा, उपेन्द्र यादव, जगदेव चाैधरी, महासचिवमा बिरेन्द्र यादव, सचिवमा याेगेन्द्र प्रताप शाही र काेषाध्यक्षमा बिरेन्द्र शर्मा रहेका छन् । त्यस्तै महासंघकाे सदस्यहरुमा केशव लम्साल, बिश्वनाथ साह, लक्ष्मी खड्का प्रधान, राजुराज अधिकारी, नारायण खरेल, दामाेदर त्रिपाठी, टिएन गाैतम, पार्वती भट्टराई, बिष्णु प्रसाद ढकाल, एमआरएस पाेखरेल, मनाेज शर्मा, न्हसला तुलाधरलगायत रहेका छन् ।

newskiran.com

newskiran.com

You May Also Like