घटस्थापना सोमबार, दशैंको टीका साइत ११:५१ मा

१० असोज २०७९ काठमाडौं । सोह्र श्राद्ध सकिए लगत्तै नवरात्र भनेर चिनिने दशैंको पहिलो दिन घटस्थापना आज(सोमबार)बाट सुरु भएको छ । नवरात्रको दशौं दिन बिजया दशमी पर्व पर्ने गर्दछ । कुनै वर्ष तिथि घटेर आठ रात र नौ दिनको मात्र हुने गर्छ । आज(सोमबार) विधिपूर्वक घर घरमा पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १९ गते विजयादशमीका दिन बिसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ ।असोज १९ गते देवी
बिसर्जनको साइत बिहान १०:३४ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११:५१ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।

बिजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।

आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी बिसर्जन गरिन्छ । यस वर्ष असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

newskiran.com

newskiran.com

You May Also Like