नेपाली आकाशमा भू उपग्रह पठाइदै

३० असोज २०७५-
तात्कालीन सोभियत संघले अन्तरिक्षमा
पहिलो भूउपग्रह प्रक्षेपण गरेको ६२वर्षपछि नेपालले पनि आफ्नो
आकाशमा भूउपग्रह पठाउने चाँजो मिलाएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(रोनास्ट)का अनुसार नेपालले प्रक्षेपण गर्न
लागेको ‘नानो स्याटेलाइट’ ढसानो भूउपग्रहको ‘मोडल’ तयार भइसकेको छ।
सन् २०१९ अगष्टभित्र अमेरिकाको फ्लोरिडास्थित नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन ९ नासाको अन्तरिक्ष केन्द्रबाट भूउपग्रह प्रक्षेपण गर्ने सरकारी योजना बनिरहेको रहेको छ।
‘अहिलेकै गतिमा जुन काम भइरहेको छ, त्यसअनुसार सन् २०१९ अगस्टभित्र नेपालले आफ्नो भूउपग्रह प्रक्षेपण गर्नेछ ।
नेपालको विज्ञान–प्रविधिको क्षेत्रमा यो प्रयोग ऐतिहासिक उपलब्धि हुनेछ,’ नास्टका प्रविधि विभाग प्रमुख डा. रवीन्द्र ढकालले भने बताए।
ढकालका अनुसार भूउपग्रहको संरचना तयार भए सकेको छ यसको यान्त्रिक र वातावरणीय परीक्षण गर्न मात्र बाँकी रहेको छ ।
तयार हुँदै गरेको भूउपग्रहले न्युनतम माइनस २ सय ७३ डिग्री सेन्टिग्रेडदेखि अधिकतम २ हजार डिग्री सेन्टिग्रेडसम्म काम गर्न सक्छ कि सक्दैन भनी परीक्षण गर्नुपर्ने हुन्छ,’ ढकालले भने, ‘आकाशमा उड्दा भूउपग्रहले ‘भाइब्रेसन’ खप्न सक्छ कि सक्दैनन् भन्ने पनि चेक जाँच गर्नुपर्छ।’ यो खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like