२८ असोज २०७५-
लामो समयदेखि अस्वस्थ्य रहँदै आउनुभएका नेपाली काँग्रेसका
नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको
खुमलटारस्थित आफ्नै निवासमा शनिबार राति ९:२० बजे निधन भएको छ।
उनका निजी सचिव राधाकृष्ण काफ्लेका
अनुसार बास्तोला बि स २०६९ पुस १४
गतेदेखि मष्तिस्काघातबाट पीडित थिए ।
काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा
भारतका लागि पूर्व राजदूत समेत रहेका
बास्तोला काँग्रेसका एक परिचित नेताको रुपमा चिनिन्थे। रासस