२६ असोज २०७५-पशुपतिनाथलाई पछिल्लो समय वार्षिक १३ करोड भेटी प्राप्त हुन थालेको छ।विगत सात बर्षमा ६८ करोड २० लाख रुपैयाँ भेटी प्राप्त गरिसकेको पशुपतिनाथले अब वार्षिक १३ करोडका दरले भेटी प्राप्त गर्दै जाने छ,’कोषका उपनिर्देशक रामहरि ढुंगानाले बताए।’ । पशुपति क्षेत्र विकास कोषले गत आर्थिक बर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटीका आधारमा सो तथ्य सार्वजनिक गरेको थियो । कोषका उपनिर्देशक ढुंगानाले पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड रुपैयाँको हाराहारीमा भेटी निरन्तर प्राप्त गर्नेछ ।यो खबर शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ।
newskiran.com
newskiran.com