राहातलाई वार्तामा आउन आग्रह

२२ असोोज २०७५-सरकारद्वारा राहात शिक्षकले गरेको आन्दोलन स्थगन गरी वार्ताका लागि आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सहसचिव तथा वार्ता टोलीका संयोजक सूर्यप्रसाद गौतमले आइतबार विज्ञप्ति जारी गरी राहत शिक्षकलाई आन्दोलन स्थगन गरी वार्तामा आउन आह्वान गरेका छन् । उनले आन्दोलन पक्षलाई सोमबार बिहान ८ बजे भक्तपुरको सानोठिमी शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा वार्ताका लागि बोलाइएको छ । उहाँले आन्दोलन पक्षलाई नेपाल शिक्षक महासङ्घ, शैक्षिक संवाद तथा समन्वय समितिसहित तीन जनाको वार्ता टाली गठन गरी वार्तामा बोलाएका छन् । राहत शिक्षक सङ्घर्ष समितिले राहत शिक्षकलाई प्रक्रिया पुर्याइ स्थायी गर्नुपर्ने माग राखी आन्दोलन गरिरहेका छन् । आइतबार पनि उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म सङ्घीय शिक्षा ऐनमा सम्पूर्ण राहत शिक्षकको पेशागत सुनिश्चिताका लागि नीतिगत व्यवस्था गर्न माग गरी प्रदर्शन गरे। रासस

newskiran.com

newskiran.com

You May Also Like