१८ असोज २०७५-भरतपुर अस्पतालबाट नौबिसे–नागढुंगा सडकखण्ड पार गर्न घण्टौं लागेपछि चितवनको सौराहा निवासी अन्दाजी ५५ वर्षीया रजनी चौधरीको एम्बुलेन्समै ज्यान गएको छ ।भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडौं ल्याइँदै गरेका सो बिरामीको ट्राफिक जामका कारण एम्बुलेन्समै मृत्यु भएको हो । भरतपुर अस्पतालमा उपचार हुन नसकेपछि चौधरीलाई काठमाडौं रिफर गरियो । चौधरीलाई बोकेर आएको एम्बुलेन्स मुस्किलले पृथ्वी राजमार्ग पार गरेर आएपनि पुन: त्रिभुवन राजपथमा पर्ने धुनीबेसी नगरपालिकाको टायलघरमा पुगेपछि चार घण्टासम्म जाममा बस्नु पर्यो। जाममै फसेका बेला बुधबार बिहान करिब १० बजेतिर बिरामीको मृत्यु भएको खबर नागरिक दैनिकमा प्रकाशित छ।