थाइल्यान्डमा डान्स रोक्न आर्मी परिचालन

१२ असोज २०७५- कसैको नृत्य निकै अश्लिल र भद्दा भएको भन्दै आर्मी नै पठाएर नृत्य रोकिएको कहिल्यै सुन्नुभएको छ ? थाइल्याण्डकी टिन पप स्टार १८ वर्षीया लाम्याई हाइथोन्गखामको भद्दा ‘डान्स’ का कारण सेना नै पठाएर उनको उत्तेजक डान्सलाई रोकिएको छ । १८ वर्षीया लाम्याई उनी यसरी नाच्छिन् कि उनले हाउभाउमार्फत नै आफ्नो सबै गोप्य अंगको प्रदर्शन गरिसक्छिन् जसका कारण उनी अहिले थाइल्याण्डमा मात्र हिट नभएर विश्वभर नै चर्चित छिन् । जसका कारण थाइल्याण्डको सेना जुन्ताको नेतृत्व गरिरहेका प्रयुतले ती पप स्टारको आलोचना गर्नका लागि गत हप्ता तीनवटा पत्रकार सम्मेलनको आयोजना गरेर नृत्यलाई उच्छिृकल नबनाउन समेत आग्रह गरेका छन् । यस विषयमा थाइल्याण्डका प्रधानमन्त्री ले समेत उनको नाम लिएपछि अब हामीले उनको नृत्यलाई संयमित बनाउने र उनको पहिरनमा पनि विशेष ध्यान दिने तयारीमा लागेका छौँ, त्यहाँको सेनाले सार्वजनिक रुपमा नै उद्घोष गरेको छ ।
-एजेन्सी

newskiran.com

newskiran.com

You May Also Like