महालक्ष्मी नगरपालिका र कोलावोरेटिभ स्कूल्स नेटवर्क (CSN) को सहकार्यमा शैक्षिक गुणस्तर सुधार तालिम

२९ बैशाख २०८० काठमाडौं । महालक्ष्मी नगरपालिका र कोलावोरेटिभ स्कूल्स नेटवर्क (CSN) को सहकार्यमा महालक्ष्मी नगरपालिकामा आधारभूत तहदेखि शैक्षिक गुणस्तर सुधार गरी शैक्षिक हव निमार्ण लक्ष्य लिएर थालनि गरिएको Lession Planning Expansion & Assessment Program (LEAP)परियोजना अन्तर्गत पूर्व प्राथमिक र कक्षा एकका कक्षा शिक्षकहरुका लागि पहिलो ३–दिने शिक्षक तालिम (बैशाख २५, २६ र २७ गते २०८०) सम्पन्न भएको छ । यस कार्यक्रममा महेन्द्र आदर्श मा.वि, लुभु मा.वि, महेन्द्रग्राम मा.वि., महालक्ष्मी मा.वि. र श्रृंगेरी मा.वि. समेत पाँचवटा विद्यालयका अठार जना शिक्षकहरुको सहभागीता रहेको थियो ।
पाठयोजना र कार्यपुस्तिकाको प्रभावकारी प्रयोग र पठनपाठनमा अतिरिक्त कृयाकलापको प्रयोगमा शिक्षकहरुलाई अभिमुखीकरण गर्ने यो तालिममा पूर्वप्राथमिक र कक्षा १ तहका शिक्षक÷शिक्षिकाको सतप्रतिसत उपस्थिती र सकारात्मक सहभागिता थियो ।
उद्घघाटन समारोहको अध्यक्षता गर्नुभएका नगरपालिकाका प्रमुख शिक्षा अधिकृत श्री चिरञ्जीवी पौड्यालले यस परियोजना कार्यक्रमले महालक्ष्मी नगरपालिकाको आधारभूत तहको शिक्षाको गुणस्तर वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले तालिम कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो । साथै समापन समारोहको अध्यक्षता ग्रहण गर्नुहुँदै प्रमुख शिक्षा अधिकृत श्री चिरञ्जीवी पौड्यालले सहभागी शिक्षक र CSNलाई नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरी नगरपालिकाले LEAP परियोजनाको महत्व बुझेको र परियोजनालाई निरन्तरता दिँदै यसको दायरालाई अझै विस्तार गर्नुपर्ने कुरामा नगरपालिका सकारात्मक रहेको जनाउनु भयो । कार्यक्रम राजेन्द्र कुमार देसारले सञ्चालन गर्नु भएको थियो भने सहभागी शिक्षकहरुको तालिमले कक्षा शिक्षणमा सुधार गर्न सहयोग गर्ने भएकाले तालिम फलदायी भएको अनुभव राख्नु भएको थियो । साथै कार्यक्रममा CSN सह निर्देशकहरु राजन महर्जन र सगेन्द्र श्रेष्ठ तथा महेन्द्र आदर्श मा.वि. इमाडोलका प्र.अ. श्री एकबहादुर भण्डारीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।