११ असार २०७९ काठमाडौँ । महालक्ष्मी नगरपालिकामा अवस्थित स्वर्णिम सागर एकेडेमीले सभ्य र भव्य रुपमा अभिभावक दिवस सम्पन्न गरेको छ ।प्याब्सनका केन्द्रीय उपमहासचिव शिव कार्कीको प्रमुख आतिथ्यता तथा विशिष्ट अतिथि कैलास मल्ल रहेको कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको हो ।
शनिबार साना गाउँ स्थित थसी ब्याङक्वीटमा करीब ३ सय अभिभावक तथा शिक्षक अभिभावक समुपस्थिति कार्यक्रम अभिभावक दिवस यस वर्षको पहिलो भएको हो । लकडाउनका कारण झन्डै २ वर्ष प्रायः विद्यालयमा अभिभावक दिवस सम्पन्न हुन सकेको थिएन् ।
अधिकांश विद्यालयले आफ्नो विद्यालय प्राङ्गणमा नै कार्यक्रम गर्ने गर्दछन् । यो वर्ष महालक्ष्मी नगरपालिकामै पहिलो ब्यङक्वीटको अभिभावक दिवस भएको एक अभिभावकले बताए । बिहान ११ बजे सुरु भएको कार्यक्रम साँझ ६ बजेसम्म चलेको थियो । कार्यक्रमको कोर्डिनेशन नेपाली शिक्षक विष्णु कठजोरेले गरेका थिए । कार्यक्रम संचालन प्रकृति अधिकारीले गरेकी थिइन् भने कार्यक्रममा विभिन्न गीत, नृत्य र खेल समेत प्रदर्शित थियो ।
प्रधानाध्यापक हेरम्ब शर्माले कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । प्रमुख अतिथि शिव कार्कीले विद्यालयको प्रशंसा गर्नुभएको थियो । विद्यालयले कक्षा दशमा अध्ययनरत विद्यार्थी सविन रसाइलीलाई स्वर्णिम स्टार घोषणा गरेको छ।
सधै आफ्ना नानीबाबुहरुलाई ढिला खाना खाए भनेर कराउन हुन्न भन्ने सन्देश प्रवाहका लागि अभिभावकहरुलाई आइसक्रिम इटिङ कम्पिटिसन(आइसक्रिम खाने प्रतिस्पर्धा) गरिएको थियो ।आइस क्रिम खाने प्रतिस्पर्धामा सहभागी अभिभावकहरु:-
समय तालिका भन्दा केही ढिला कार्यक्रम सुरु भएपनि कक्षा १ देखि ३ सम्मको लागि ११ बजेदेखि २ बजेसम्म र कक्षा ४ देखि १० सम्मको २ बजेदेखि साँझ ६ बजेसम्म निरन्तर कार्यक्रम सेसन सो भव्य र सभ्य रुपमा चलेको थियो ।