समताले भित्राए कला

१८ भदौ २०७५-समता शिक्षा फाउन्डेसनका संचालक तथा समाज सेवी उत्तम सञ्जेलले ४१ वर्षको उमेरमा विहे गरेका छन् । सोमबार गुह्यस्वरी मन्दिरमा भएको उनको बिहे खास थियो। कारण उनको बिहेमा, न त बाजा बज्यो, न त जन्ती नै धेरै थिए । न त आफ्नो आमाबाबु थिए, न त केटिको आमा बाबु । सञ्जेलको बिहेमा जम्मा १० जना जन्ती थिए। अर्बपति उपेन्द्र महतो, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, सीताराम कट्टेल, पत्रकारहरू गुणराज लुइँटेल, प्रतीक प्रधान, सुवास घिमिरेलगाएतका थिए। हिन्दु परम्परा अनुसार नै सिन्दुर पोते हालेर बिहे भएको थियो। तर अन्य बिबाहमा जस्तो घन्टौँ लगाएर नभर्इ मात्र ५ मिनेटमा बिहे सकिएको सञ्जेलले बताए । यति मात्र होइन् उनको बिहे मात्र ३०० रूपैयाँमा सम्पन्न भएको थियो । ‘समाजमा देखावटी किसिमले खर्चिलो बिहे गरिन्छ, त्यस्तो हुनु हुँदैन भनेर हामीले सकेसम्म कम खर्चमा बिहे गरेका हौं,’ सञ्जेलले भने, ‘ हाम्रो बिहेमा तीन सय रुपैयाँमा खर्च भयो । नहोस् पनि किन बिहेको लागि सञ्जेललले न त नयाँ कोट सिलाए, न त नयाँ जुत्ता नै किने । दुलाहा सञ्जेलले समताकै लोगो भएको टि–सर्ट लगाएका थिए । खुट्टामा चप्पल थियो । दुलही कला अधिकारीले पनि कुर्तासुरुवाल, चप्पल र घुम्टो ओढेकी छिन्। त्यसाे भए सन्जेलको बिहेमा के के मा खर्च भयो त बजेट? सन्जेल भन्छन् बिहेमा २५ रुपैयाँमा सिन्दुर, ७५ मा पोते, माला दुई सय खर्च भयो । ‘त्यसबाहेक हामी दुईले केही किनेनौं, जसले जे लगाएको छ त्यो उसैको हो,’। बिहे पछि भोजका रुपमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सबैलाई सुगर फ्री लड्डु बाँडेका थिए । लड्डुको प्रायोजन मह जोडी कै थियो । सुन्दरीजलकी बेहुली कला अधिकारी पेशाले स्वास्थ्यकर्मी हुन् । उनी उत्तमले सञ्चालन गर्ने १ सय रुपैयाँमा उपचार गरिने समता हस्पिटलमा हेल्थ असिस्टेन्टका रुपमा कला कार्यरत छिन् । कार्यक्षेत्रमै रहेका बेला उनीहरु भएको प्रेमलाई उनीहरुले आज बिबाहमा परिणत गरेका हुन् ।

newskiran.com

newskiran.com

You May Also Like