तस्बिरले हजार भन्दा धेरै शब्द बोल्ने क्षमता राख्छ

२४ बैशाख २०८० काठमाडौं । भनिन्छ एउटा तस्बिरले हजार भन्दा धेरै शब्द बोल्ने क्षमता राख्छ । यस्तै एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

यो मर्मस्पर्शी तस्बिर यति धेरै सेयर भएको छ कि सामाजियक सञ्जलामा पुरै भाइरल छ । केही दिनयता भारतीय सञ्चारमाध्यम तथा नेपालका सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको यो तस्बिरमा एक बालिका र वृद्धा रोइरहेका देखिन्छ ।

विश्व फोटो पत्रकार दिवसका दिनदेखि भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल भएको यो तस्बिरलाई अहिले नेपालीले पनि सामाजिक सञ्जालमा भाइरल बनाइरहेका छन् ।तस्बिरलाई विभिन्न कथा बनाउँदै सामाजिक सञ्जालमा पाेष्ट गरिएकाे छ। खासमा यो तस्बिर सन् २००७ मै भारतको गुजरातका एकजना फोटो पत्रकारले खिचेका हुन् ।

सामाजिक सञ्जालमा पाेष्ट गरिएको यो तस्बिरमा लेखिएको छ, ‘एक स्कुलले आफ्नो बच्चाहरुलाई वृद्धाश्रमको भ्रमण गरायाे। त्यही क्रममा भ्रमणमा रहेकी बालिकाले वृद्धाश्रममा आफ्नी हजुरआमालाई भेटिन् ।’

यो फोटोको कथा यतिमै सकिँदैन । ‘खासमा जब यी बालिकाले आफ्ना माता-पितासँग हजुरआमाबारे साेधिन् तब उनीहरुले नातेदारलाई भेट्न गएको जवाफ दिए ।