सरकार ६५ पुगेका नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारीमा

८ जेठ २०७९ काठमाडौं । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सुरु गरिएको वृद्धा भत्ता अहिले सामाजिक सुरक्षा भत्ताको रुपमा चिनिन्छ । तात्कालीन एमालेको सरकारले ७५ वर्षीया पुरुषलाई वृद्ध भत्ता वितरण गरेको थियो ।

मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन भए पनि वर्तमान सरकारले ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता वितरणको तयारी गरेको छ। आर्थिक वर्ष २०७९/८० को बजेटमा ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता दिने तयारी गरिएको हो। अहिले ७० वर्ष पुगेका नागरिकले मासिक ४ हजार वृद्धभत्ता पाउँछन्।

सरकारले ६५ वर्ष उमेरमाथिका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदा राज्यलाई वार्षिक करिब ३० अर्ब रुपैयाँ भार थपिने अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार अहिले मुलुकभर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या करिब साढे ३४ लाख छ।
-साभार नागरिक दैनिक

newskiran.com

newskiran.com

You May Also Like