८ जेठ २०७९ काठमाडौं । काठमाडौंको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन्।
आइतबार बिहानीको मत गणना अनुसार १ लाख ६ हजार ८५२ मत मध्ये शाहले ३८ हजार ३३३ मत पाएका छन्।
नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा उक्लेकी छन्। यसअघि एमाले उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा रहेका छन् ।
सिर्जनाले २१ हजार २९९ मत पाएकी छन् भने तेस्रो स्थानमा झरेका केशव स्थापितको मत २१ हजार ८ रहेको छ ।
बालेन र सिर्जनाबीचको मतान्तर १७ हजार ३४ छ भने स्थापितसँग १७ हजार ३२५ छ। सिर्जना र स्थापितको मतान्तर २९१ मत छ । प्रायः युवा उम्मेदवार रुचाएको काठमाडौं सहरले पनि हो कि भन्ने आवास बढेको देख्दा स्वतन्त्र उम्मेदवार वालेनको बिजयी सुनिश्चित नै आकलन गर्न सकिन्छ ।