सरकारको २ दिने बिदा कार्यान्वयनबारे छलफल


८ जेठ २०७९ काठमाडौं । सरकारले सातामा दुई दिन बिदा दिने गरेको निर्णय अव्यावहारिक भएको गुनासो आएपछि पुनरावलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा २ दिन बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि सरकार पछि हट्ने अवस्थामा पुगेको हो। यसले सरकार नीतिगत रूपमा अस्थिर रहेको देखाएको छ । केहि महिना अघि मात्र शनिबार र आइतबार २ दिन बिदा दिने निर्णय सरकारले गरेको थियो।

करीब एकडेढ महिना परीक्षणका रूपमा हेर्ने र समस्या देखिए पुनरावलोकन गर्ने बताउँदै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीको भनाइ छ ।

सातामा दुई दिन बिदा दिने निर्णय कतिको प्रभावकारी रहने भन्ने विषयमा समीक्षा गर्न शुक्रबार मुख्य सचिव शंकरदास बैरागीले सचिवहरूको बैठ्क बोलाएका थिए । बैठ्कमा सचिवहरूले स्वास्थ्य मन्त्रालयमातहतका सेवा तथा अन्य अत्यावश्यकीय सेवा सम्पादनमा अव्यावहरिक देखिएको ब्रिफ्रिङ गरेका थिए। ‘खासगरी स्वास्थ्यकर्मी तथा चिकित्सकबाट सातामा दुई दिन बिदा निर्णय अव्यावहारिक भएको गुनासो आएको छ,’ सामान्य प्रशासन मन्त्रालयका सचिव अधिकारीले भने, ‘दुई दिन बिदा दिने निर्णयबाट अत्यावश्यकीय सेवा प्रभावित नहोस् भन्ने हाम्रो तयारी हो।यो समाचार नागरिक दैनिकमा छापिएको छ ।

newskiran.com

newskiran.com

You May Also Like