हेटाैंडा नगरपालिकाको मेयर पद बिजयी समाजवादी पार्टी तर उपमेयर पद काँग्रेसको पोल्टामा


७ जेठ २०७९ काठमाडौं ।नेकपा एकिकृत समाजवादीले हेटौडा को मेयर पद बिजयी भएको छ । समाजवादीको तर्फबाट मेयर मीना लामा र उपमेयरमा कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका हुन् ।

विजयी लामाले २३ हजार ७५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत प्राप्त गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिपकबहादुर सिंह २० हजार ५ सय ३१ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।

उपमेयरका उम्मेदवार बानियाँ ३२ हजार ५ सय ९३ मत प्राप्त गर्दै विजयी बने । बानियाँका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा २३ हजार ९ सय ६ काफ्लेले मत ल्याउँदा तेस्रो स्थानकी राप्रपाकी इन्दीरा न्यौपानेले ५ हजार ४ सय ८६ मत प्राप्त गरेकी थिइन् ।

१९ वटा वडा रहेको हेटौंडा नगरपालिकामा नेकपा एमालेले सबैभन्दा धेरै ९ वडामा जित हासिल गरेको छ भने नेपाली कांग्रेसले ८ वटा वडामा विजयी हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले १ वडा जितेको छ । नेकपा एकीकृत समाजवादीले एक वडासहित मेयर पद हात पारेको हो ।

newskiran.com

newskiran.com

You May Also Like