महालक्ष्मी नगरपालिका वडा नं ४ मा अमृत खत्रीको प्यानल बिजयी


५ जेठ २०७९ काठमाडौं । महालक्ष्मी नगरपालिका वडा नं ४ को वडा अध्यक्ष उम्मेदवार अमृत खत्री प्यानल बिजयी भएका छन । तात्कालीन मेयर रामेश्वर श्रेष्ठ सपोर्ट रहेको वडा नं ४ का वडाध्यक्ष उम्मेदवार खत्री प्यानल बिजयी भएको हो ।
२०५५ साल देखि क्रियाशील राजनीति
गरेका खत्री विगतमा वडा सदस्य भएर काम गरिसकेका छन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दामु रोक्कालाई पराजित गरी उनी प्यानल सहित बिजयी भएका हुन् ।

प्यानल टिम सदस्यमा बिष्णु कुमार रोक्का, शशी कुमार महर्जन सिता थापा र संगिता भुसाल रहेका छन् ।यस अघि लक्ष्मण केसी वडा नं ४ का वडाध्यक्ष थिए। केसी कलम चिन्ह लिएर चुनाव उठेका थिए तर पराजित भए ।

newskiran.com

newskiran.com

You May Also Like