मन्थली नगरपालिका वडा नं २ मा सौहार्दपूर्ण वातावरणमा मतदान


३० बैशाख २०७९ मन्थली । मन्थली नगरपालिका वडा नं २ को मतदान केन्द्र निलकन्ठेश्वर मा वि मा पहिलो मतदान पूर्व सभासद तारा नारायण श्रेष्ठले गरेका छन् । १६७४ मतदाता संख्या रहेको सो केन्द्रमा सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको सभासद तारा नारायण श्रेष्ठले न्युजकिरण डटकम अनलाइन खबर लाई जानकारी दिए । १२ बजेसम्म करीब ७०० मत खसेको अनुमान गरिएको छ ।

अति संवेदनशील मानिएको सो मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अघिल्लो स्थानीय चुनावमा नेपाली काँग्रेस पार्टीबाट विजयी वडाध्यक्ष तरणीशंकर अधिकारीसँग नेकपा माओवादी केन्द्रका कुङकलाल तामाङले झिनो मतले हारेका थिए । रामेछाप र मन्थली गरी दुई नगरपालिका रहेको मन्थली नगरपालिका वडा नं २ बाट नेकपा माओवादी केन्द्रका कुमार खड्का, नेकपा एमाले पार्टीका सुरेन्द्र कार्की र नेपाली काँग्रेस पार्टीका इश्वर बस्नेत वडाध्यक्ष पदमा प्रतिस्पर्धामा छन् ।

newskiran.com

newskiran.com

You May Also Like