स्वर्णिम सागरले दियो उत्कृष्ट परीक्षार्थीलाई पुरस्कार


२८ बैशाख २०७९ ललितपुर । उपत्यकामा विषयगत र तहगत रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्न च्याउसरी बोर्डिङ स्कुलहरु खोलिएका छन् । त्यी मध्येको एक नामी नमुना विद्यालय बन्दै गरेको स्वर्णिम सागर एकेडेमीले आफ्ना वार्षिक परीक्षामा उत्कृष्ट छात्र-छात्राहरुलाई पुरस्कार वितरण गरेको छ । महालक्ष्मी नगरपालिका अन्तर्गत पर्ने सो स्कुलले वार्षिक परीक्षा प्रणालीमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सोमबार पुरस्कार वितरण गरेको हो । जुपिटर नेपाल कन्सलटेन्सीका संचालक अध्यक्ष तथा जुपिटर नेपाल बहुउद्देश्यीय सहकारीका अध्यक्षको प्रमुख आतिथ्यतामा गरिएको थियो। पुरस्कार वितरण कार्यक्रममा करीब ४५ जना विद्यार्थीहरु सहभागिता थिए ।

विभिन्न साहित्यिक कृति तथा कलर पुरस्कार दिइएको थियो । स्वर्णिम सागर एकेडेमीले आफ्नै विद्यालय प्राङ्गणमा सो कार्यक्रम गरेको थियो । स्वर्णिम सागर एकेडेमीमा मन्टेश्वरी देखि कक्षा १० सम्म पढाइ हुने गरेको स्कुलका प्रधानाध्यापक हेरम्ब शर्माले भन्नुभयो । अतिरिक्त विषयमा नृत्य, चित्रकला,भलिबल,फुटबल र साहित्य अध्यापन गराउने गरेको उहाँले बताउनुभयो।

newskiran.com

newskiran.com

You May Also Like