२७ बैशाख २०७९ काठमाडौं । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अवस्था परिवर्तनका लागि आफूहरुले गठबन्धन बनाएको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचन्डले प्रतिगमन विरोधी, प्रतिक्रान्ति विरोधी, संविधान कुल्चने दुष्प्रयास गर्नेका विरुद्ध गठबन्धन बनाएको पनि प्रस्ट पारे । देशका दलित, आदिवासी, जनजाति र महिला सबैले पाएको पहिचान उल्ट्याउने, गाउँ–गाउँमा पुगेको सिंहदरबारको अधिकारलाई फेरि फर्काएर काठमाडौं लैजाने षड्यन्त्र भएका कारण त्यसलाई परास्त गर्न गठबन्धन निर्माण भएको उनले बताए।
सोमबार भएको एक चुनावी सभालाई सम्बोधन गर्नेक्रममा उनले देश संघीयता, लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षतामा अघि बढेको बताउँदै अब जनताको अवस्था परिर्वतन गर्न आफूहरु केन्द्रित भएको बताए । चुनावी सभा कार्यक्रम कालीकोटको सुन्दर मनोरम दृश्य हेर्दै भएको थियो । यो समाचार दैनिक अनलाइनलनमा प्रकाशित छ ।