विपी राजमार्गमा गम्भीर दुर्घटना,५ को मृत्यु


२१ बैशाख २०७९ काठमाडौं । विपी राजमार्गस्थित काभ्रेको रोशी गाउँपालिका–११, बढुवेशीमा बोलेरो र मिनीबस ठोक्किदा पाँचजनाको मृत्यु भएको छ । भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको जिप ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ ।

भारतीय पर्यटक बोकको यूपी५८ टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठक्कर खाँदा ५ जना नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका नायव उपरिक्षक हरि खतिवडाले जानकारी दिए । मृतक अन्दाजी ६÷७ वर्षको बालकसहित अन्य मृतकको पहिचान खुलिनसकेको खतिवडाले बताए । दुर्घटनामा घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

मन्थली सेलेघाटमा माइक्रोबस दुर्घटना

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ सेलेघाटमा माईक्रोबस दुर्घटना भएको छ । दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइते मध्य २ जनाको अवस्था भने गम्भिर रहेको छ । बुधबार दिउँसो काठमाण्डौंबाट मन्थली तर्फ आउदै गरेको बा २ ख ४१८० नम्बरको माइक्रोवस सडक बाट करिब २० मिटर तल खस्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजु प्रर्साद ढकालले जानकारी दिए ।

दुर्घटनाको खबर पाउन साथ जिल्ला प्रहरी र म्यादी प्रहरीले घाइतेहरुको तत्काल उद्धार गरी सिन्धुलीको खुर्कोटमा रहेको शुभजिवन अस्पताल र सुनकोशी सामुदायिक अस्पतालमा उपचार गराइरहेको प्रहरी निरीक्षक ढकालले जानकारी दिनुभयो । घाइते मध्य रामेछापको खाँडादेवी गाउँपालिका– १ बस्ने बर्ष ३७ वर्षकी सविना मोक्तान र मन्थली नगरपालिका –५ का ३७ बर्षका सिताराम कार्कीको अवस्थामा गम्भिर रहेको छ ।
उनीहरुको खुर्कोटको शुभजिवन अस्पतालमा उपचार भइरहेको छ । अन्य आठ जनाको अवस्था समान्य रहेको छ । उनीहरुको पनी शुभजिवन अस्पताल र सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मन्थली नगरपालिका–४ सालु बस्ने चालक नारद खड्का भने फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

newskiran.com

newskiran.com

You May Also Like