१२ बैशाख २०७९ काठमाडौं । मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले पश्चिम नवलपरासीका १२ स्थानमा स्थानीय निर्वाचन बहिष्कार आब्हान गर्दै कोण सभा गरेको छ ।
उक्त पार्टीले सातवटै पालिकामा स्थानीय निर्वाचन बहिष्कार गर्दै कोण सभा गरेको हो । सुनवल नगरपालिकाको अस्नैया र सुनवल चोक, बर्दघाटको बर्दघाट मुख्य बजार , जिमिरेभार , कुकुरमारा, केरावारी र भटौलियाँ, रामग्राम नगरपालिकाको बुद्धचोक , सुस्ता गाउँपालिकाको बरुवा र कुडिया र फेनहरा प्रतापपुर गाउँपालिका गोपीगंज बजार , पाल्हीनन्दनको बेलाशपुर र सरावल गाउँपालिकामा समेत सभा गरेको अभियानका नेतृत्वकर्ता क्रान्तिकारी माओवादी पोलिटब्युरो सदस्य धनेश्वर पोखरेलले बताए ।
त्यस्तै सोमबार भटौलियाँ , सदरमुकाम परासी र बेलाशपुरमा कोण सभा गरिएको थियो ।
परासीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिं श्रीसले भष्ट्र दलाल संसदीय ब्यवस्थाको बिकल्पमा संघीय जनगणतन्त्र रहेको उल्लेख गर्दै दलाल पार्टी र ब्यक्तिलाई भोट दिएर भष्ट्रचार गर्ने इजाजत पत्र नदिन नहुने बताए। कार्यक्रममा स्थायी समिति सदस्य श्रीसले संसदीय ब्यवस्था असफल हुदै गएको र संसदीय पार्टीहरु भष्ट्र दलाल हुदैं गएको बेला स्थानीय तहका निर्वाचनको औचित्य नभएको बताए । त्यस्तै क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य धनेश्वर पोखरेलले दलालहरुलाई भोट दिएर मजदु्र किसान तथा कुनै वर्गको हित नहुने बताएका थिए । त्यस्तै बेलाशपुरको कोणसभामा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य धनेश्वर पोखरेल र भटौलियामा जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेलले सम्बोधन गरेको क्रान्तिकारी माओवादीले जनाएको छ ।
लुम्बिनी प्रदेश समितिको पुर्वी कमाण्डको उक्त अभियान टोली सोमबार रुपन्देही प्रवेश गरेको जनाइएको छ ।