१४ र १५ गते उपत्यकाका सम्पूर्ण शिक्षण संस्था बन्द

१२ भदौ २०७५-उपत्यकाका तिन जिल्लामा १३,१४ र १५गते ३ दिन विद्यालय बन्द हुने भएका छन । १६ गते शनिवार परेकोले लगातार ४ दिन बिद्यालयहरु बन्द हुने छन । यद्यपी सरकारले भने १४ र १५ गते उपत्यकाका सम्पूर्ण शिक्षण संस्था बन्द गर्नु भनेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विमेस्टेक सम्मेलनमा सहभागि हुन नेपाल आउने विदेशी पाहुना तथा प्रतिनिधिहरुको आगमनलाई सुरक्षित व्यवस्थित र सहज बनाउन सो दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । तर निजि बिद्यालयहरुले सवारीसाधनमा जोर विजोर प्रणाली लगाएका हुनाले ३ दिन बिद्यालयहरु बिदा दिएको बताएका छन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका शाखा अधिकृत केशवराज पार्धेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा बिदा दिने निर्णय गरिएको जानकारी दिए ।उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सो बिदा लागू हुने छ ।

newskiran.com

newskiran.com

You May Also Like