एसियामा पहिलो रेष्टुरेन्ट नेपालम जहा रोबर्टले खाना दिने

११ भदौ २०७५- एसियाकै पहिलो रेस्टुरेन्ट नेपालमा रोबटले खाना दिने काम गर्दै आएका छन् । ६ जना युवाहरुको समुहले नेपालमा नै निर्माण गरेको उक्त रोबटले अङ्ग्रेजी र नेपाली दुबै बोल्छन् । आर्टिफिसियल इन्टिलिजेन्टमा काम गर्ने यी रोबटले रेस्टुरेन्टमा आउने ग्राहकहरुसँग नेपाली र अङ्ग्रेजी बोल्नुको साथै खानाको अर्डर गर्ने र सर्भ काम पनि गर्ने गर्छन् । उनीहरुले ग्राहकहरुसँग मजाक गर्ने र रमाइला कुराकानी गर्ने पनि गर्छन् । यो रेष्टुरेन्ट दरबारमार्गस्थित रहेको छ । तत्काल रेष्टुरेन्टमा काम गर्ने ५ रोबट रहेका छन् । खाना अर्डर गर्नको लागि पनि टेबलमा नै डिजिटल मेनु राखिएको छ । मेनु पढेर ग्रहकले सिधै किचेनमा खानाको अर्डर गर्न सक्ने छन् । खाना तयार भएपछि रोबटले सिधै खाना बोकेर जुन ठाउँबाट अर्डर आएको त्यो ठाउँमा पुग्ने गरेको छ । भारत र बेलायतबाट इन्जनियरिङको पढाइ सकेर आएका विनय राउतसँगै अन्य ६ जना मिले यो रोबट निर्माण गरेका हुन् । विनयले रोबोटिक टेक्नोलोजी बारे थप बुझ्न र जापान गएका थिए । त्यसपछि उनको रेष्टुरेन्ट खोल्ने र रोबटलाई काम लगाउने योजना बनाएका विनयको अब नेपालको प्रविधिलाई अन्तर्राष्टिङय बजारमा लैजानु हो ।

newskiran.com

newskiran.com

You May Also Like