एकल पुरुषलाई भत्ता सुरु

९ भदौ २०७५:बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई ‘विदुर भत्ता’ दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिइरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेको नगरपालिकाकी उपप्रमुख राधा ओझाले बताइन् । ‘६० वर्ष नाघेका वृद्धहरु समस्यामा परिरहेको गुनासो व्यापक आउने गरेको छ त्यसैले नगर कार्यपालिकाबाट ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेका हौं,’ उपप्रमुख ओझाले भनिन– ‘यसले गर्दा वृद्धहरु खुशी भएका छन् ।’ ‘वृद्धहरुको अवस्था हेर्दा केहीका छोराछोरी हुँदैनन्, कसैका छोराछोरी भए पनि ख्याल–खबर गर्दैनन्,’ उनले भनिन्– ‘र, यस्ता समस्यामा परेका व्यक्तिहरु हाम्रो नगरपालिकामा धेरै भएकाले विदुर भत्ता दिने निर्णय गरिएको हो ।’ ७० वर्षपछि भने सरकारले नै वृद्धभत्ता दिने भएकाले नगरपालिकाले भत्ता नदिने बताइएको छ । साउनदेखि लागू हुने गरी विदुर भत्ता वितरण गरिने उपप्रमुख ओझाले बताएको खबर शुक्रबार प्रकाशित राजधानी दैनिकमा छ ।

newskiran.com

newskiran.com

You May Also Like