पत्रकार महासंघ ललितपुरको ३० औ स्थापना दिवसको अवसरमा फुटसल प्रतियोगिता

१३ चैत्र २०७८ काठमाडौं । ललितपुरको बागमती गाउँपालिकाले स्थानीय सरकार र पत्रकारबिचको फुटसल प्रतियोगिताको ट्रफी जितेको छ ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आयोजनामा शनिबार भएको प्रतियोगितामा महांकाल गाउँपालिकालाई ८-४ गोलले पराजित गर्दै बागमतीले उपाधि जितेको हो ।
महांकाल गाउँपालिका उपबिजेता बन्यो ।

कुमारिपाटीस्थित निर्वाण स्कुलको फुटसल मैदानमा भएको प्रतियोगितामा ललितपुरका ६ वटै स्थानीय तह र पत्रकार महासंघ ललितपुरका दुई टीम सहभागी थिए।

पत्रकार महासंघ ललितपुरको ३०औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरे। उद्घाटनमा मन्त्री गहतराजले जनप्रतिनिधिले गर्नु पर्ने कार्यक्रम महासंघले गरेको आभार व्यक्त गरे। जनप्रतिनिधि र पत्रकारबिच हुने प्रतियोगिताले सम्बन्ध थप मजवुत हुने मन्त्रीको भनाई छ।

महालक्ष्मी नगरपालिकाका १ का वडाध्यक्ष वडासदस्य नन्दप्रसाद न्यौपानेले प्रतियोगिता राखेकोमा खुसी लागेर सहभागिता जनाएको बताए । ‘स्थानीय तहका जनप्रतिनिधिसँग जोडिनेगरी यो प्रतियोगिता हुनु खुसीको कुरा हो,’ न्यौपानेले भने, ‘यस्ता कार्यक्रमले समग्र खेल क्षेत्रमै महत्त्वपूर्ण योगदान पुग्छ।’

महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले प्रतियोगिताले पत्रकार र जनप्रतिनिधिबिच सम्बन्ध बिस्तार त हुन्छ नै सधैं काम गर्ने जनप्रतिनिधि र पत्रकारलाई खेलसँग पनि जोडेको बताए। विदाइ हुँदै गरेका जनप्रतिनिधिसँग सम्झिरहने माध्यम पनि बन्ने अध्यक्ष न्यौपानेको विश्वास छ।

प्रतियोगितामा ललितपुर महानगरपालिका बागमति गाउँपालिका, महांकाल गाउँपालिका, कोन्जोसोम गाउँपालिका, गोदावरी नगरपालिका र पत्रकार महासंघका गरी ८ टिम सहभागी थिए।

newskiran.com

newskiran.com

You May Also Like