९ चैत्र २०७८ काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) केन्द्रीय कमिटीको १ पन्ध्रौं महाधिवेशन चैत्र ९ र १० गते हुने भएको छ ।डिके ढुङ्गाना अध्यक्षको नेतृत्वमा सह अध्यक्ष इश्वर गुरुङ, सचिव रत्न महर्जन र उपमहासचिव शिव कार्की उठेका छन् ।कोपिला स्कुलका प्रिन्सिपल रत्न महर्जनले सचिव पदमा जित्ने लगभग पक्कापक्की भएको छ ।उनी समावेशी उम्मेदवार उठेपनि स्वत: जित्ने देखिन्छ भने खुलातर्फ पनि उनले प्याब्सनमा दिएको योगदान अनि उनको ग्रासलेवलमा देखिएको समर्थन भोटबाट रत्न महर्जन अग्रणी स्थानमा छन् ।
ललितपुर प्याब्सनका पूर्व अध्यक्ष शिव कार्कीका प्रत्यासी उम्मेदवार महर्जन हाल प्याब्सन केन्द्रीय(सचिवालय) कमिटीमा रहेर काम गरिसकेका छन् ।उनी अघिल्लो संसदीय चुनावमा बाबुराम भट्टराई नेतृत्वको पार्टीबाट ललितपुर २ नम्बरबाट सभासद उठेका थिए । शैक्षिक संस्था संचालन र राजनीतिक नेतृत्वको दुवै भूमिका उनी मध्येपन्थि धारलाई अगाल्दछन् ।
न्युजकिरण डटकम अनलाइन खबरलाई प्राप्त जानकारी अनुसार चैत्र १० गते रत्न महर्जन प्याब्सन केन्द्रीय सचिव चुनिएका छन् । उनले प्याब्सनको महाधिवेशनबाट सचिवमा चुनाव जितेपछि सबैमा आभार व्यक्त गरेका छन् ।