एक वर्षमा १ लाख २९ हजार यातायातका साधन थपिए

८ भदौ २०७५-बागमती अञ्चलमा एक बर्षमा एक लाख २९ हजार सवारीसाधन थपिएका छन्। यातायात व्यवस्था विभागका अनुसार आर्थिक बर्ष २०७४ ७५ मा बागमती अञ्चलमा एक लाख २९ हजार ५ सय ५७ सानाठूला सवारीसाधन भित्र्याइएका छन् । काठमाडौं उपत्यकामा बर्षेनि अत्याधिक मात्रामा सवारीसाधन भित्र्याउने क्रम बढेसँगै ट्राफिक जाम बढ्न थालेको हो । बागमती अञ्चलमा गत आवमा एक लाख ४ हजार ४ सय ४४ मोटरसाइकल र सानाठूला सवारी २५ हजार १ सय १३ थपिएका छन् । आव २०७३/७४ मा बागमती अञ्चलमा एक लाख २० हजार सवारीसाधन दर्ता भएका थिए । त्यसभन्दा अघिल्लो बर्ष भने ७२ हजार सात सय ३३ सवारीसाधन दर्ता भएको खबर नागरिक दैनिकमा प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like