प्रकाश सपूतको विवादित गीतको २७ लाख भ्युज, हेर्नुहोस् भिडियो सहित


२९ फागुन २०७८ काठमाडौं। युट्युवमा २७ लाख भ्युज रहेको प्रकाश सपुतको नयाँ गीत ‘पीर’ विवादमा तानिएको छ । माओवादी जनयुद्धमा सहभागी जनमुक्ति सेनाको अपमान गरेको भन्‍दै सपुतको गीत सामाजिक सञ्जालमाबाट विवादमा तानिएको हो ।
०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्धमा सहभागी नेकपा माओवादी केन्द्रका नेता/कार्यकर्ताहरूले सपुतको गीतको विरोध जनाउँदै हटाउन भनेका छन् तर बाबुराम भट्टराईको प्रोफाइल अंकित स्ट्याटस भने सपूतको हित गर्ने खालको छ ।

माओवादी कार्यकर्ताहरू सपुतको पुरै गीतमा विरोध गरेका होइनन् । गीतको ९ मिनेटदेखि १० मिनेट १० सेकेण्डसम्‍मको भिडियोमा माओवादी कार्यकर्ताहरूले आपत्ति जनाएको बुझिन्छ । ९ मिनेटदेखि १० मिनेट १० सेकेण्डसम्‍मको भिडियोमा जनयुद्धमा होमिएकी महिला देहव्यापारमा लागेको देखाइएकाले माओवादी कार्यकर्ताहरूले त्यसैमा विरोध गर्दै आएका हुन् ।

भिडियोमा सपुतकी श्रीमती आर्थिक अभावमा विदेसिन्छिन् । श्रीमती विदेसीएपछि उनी साथीसँग रक्सी पिइरहेका देखिन्छ । रक्सि पिइँरदारहँदै ति साथीले सपुतलाई यौन प्यास मेटाउनका लागि सहयोग गर्छन् । र उनीहरू हिँड्‍दाहिँड्‍दै पुलमा पुग्छन् । उक्त पुल एक महिला सलले मुख छोपेर बसिरहेकी हुन्छिन् । त्यसपछि ति साथीले प्रकाशको स्टकोटको खल्तीबाट पाँच सयको नोट झिकेर ति महिलालाई दिन्छन्, ति साथी आफ्‍नो बाटो लाग्छन् सपुत र महिलाको पछि लाग्‍दै उनको कोठामा पुग्‍छन् । कोठामा पुगेपछि झ्यालबाट एक जना बच्चा चियाइरहेको भिडियोमा देखिन्‍छ । झ्यालको पर्दा लगाएसँगै ति महिलाले मुख छोपेको सल फुकाल्छिन् र सपुतले पनि लगाएको माक्‍स फुकाल्छन् । एकले अर्कोलाई देखेपछि उनीहरू आँत्तिए जसरी सपुत ति महिलाको कोठाबाट निस्किन्छन् ।

एउटी महिला छापामारले अभावमा देहव्यापारमा लागेको जसरी चित्र गरिएको त्यसले समग्र जनयुद्ध लडेका महिलाहरूको अपमान भएको माओवादी कार्यकर्ताहरूको बुझाइ छ ।

पूर्वजनमुक्ति सेनाकी कमाण्डर तथा हाल सांसद रहेकी कमला रोकाले गीत रचना र छायांकन गर्न सबैलाई छुट भएको तर तर तथ्यलाई बंग्याएर भ्रामक र गलत रुपमा प्रस्तु गर्न कसैलाई छुट नभएको बताइन् । उक्त गीतमा देखाइएको भिडियोले जनयुद्धमा सहभागी महिलाको अपमान भएको बताउँछिन् ।

ति महिलाहरूले जनयुद्ध नलडेको भए सपुतहरूले स्वतन्त्र गीतहरूमा निर्धक्क सङ्गीत भरेर उन्मुक्त गुनगुनाउन नसक्ने माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखा बताउँछन् । सापकोटाले सपुतलाई प्रश्न गरेका छन् ‘अभाव, निराश अनि गरिब महिलाहरूले देह व्यापार नै गर्छन् हो ?’

‘जब एउटा सर्जक सिर्जनामाथि व्यापार गर्न थाल्छ नि, उसले बजार हेर्छ र मानिसहरूका भावनाहरूबाट आफैलाई मार्छ । प्रकाश सपुत एक राम्रा सर्जक हुन् ! व्यापारमा सिर्जना नमारुन् !’ सापकोटाले भनेका छन् `पिर’को परिकल्पनाको समग्र पक्षप्रति राजनीतिक कोण नबनाऊ तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले `देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन्- त्यो आपत्तिजनक मात्रै होइन दण्डनीय छ ।’

नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी नै दिएकी छिन् । उनले सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने बताएकी छन् ।

‘महान् जनयुद्धको कारण केही थान मन्त्रीहरू ,माननीयहरू र टाठा बाठाहरूको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्‍ने बहस जरुर रूपमा छ । सहिद परिवार बेपत्ता परिवार, पूर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखबर भने छैन । कतिपय प्रयत्न हरू सफल हुन सकेका छैनन्’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ‘व्यवस्थापनमा केही नभएको भन्‍ने पनि होइन विभिन्‍न तहमा प्रयत्नहरू भइरहेका पनि छन् तर व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्‍ने सन्देश दिने गरी प्रकाश सपूत जीले युट्युबमा अपलोड गरिएको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ ।’यो खबर इकागज अनलाइनमा प्रकाशित छ ।

यस्तो छ प्रकाश सपुतको २७ लाख भ्युज रहेको पीर गीतको युट्युब भिडियो:

newskiran.com

newskiran.com

You May Also Like