भदौ १४ र १५ काठमाडौमा विमस्टेक

८ भदौ २०७५- बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९विमस्टेक० को चौथो शिखर सम्मेलनमा बहुपक्षीय ऊर्जा सम्झौताको तयारी भएको छ । यससँगै क्षेत्रीय व्यापार र कनेक्टिभिटी पनि सम्मेलनको मुख्य एजेन्डा बन्दै छ । विमस्टेक स्थापना भएको २ दशक पूरा भइसक्दा पनि स्पष्ट नतिजा नदेखिएको र दिशाहीन बनेको भनेर आलोचना भइरहेका बेला काठमाडौं सम्मेलनले यस्ता विषयलाई प्राथमिकतामा राख्ने निधो भएको छ । त्यसै गरी विमस्टेक बडापत्र, सचिवालय र अन्य क्षेत्रीय निकाय स्थापनाको खाका तय गर्दै विमस्टेक कोष स्थापना गर्ने गृहकार्य गर्दै घोषणापत्रको मस्यौदा तयार भएको परराष्ट्र मन्त्रालयको क्षेत्रीय महाशाखाले जनाएको छ । तर कोषको विस्तृत संयन्त्र र उपयोग गर्ने कार्यविधि तयार नभएसम्म काठमाडौं जमघटमै सम्झौता हुने सम्भावना ज्यादै न्यून रहेको सो मन्त्रालयका अधिकारी बताउँछन् । ‘अहिलेसम्मको तयारीअनुसार कोष खडा गर्ने छलफलचाहिँ पक्कै हुन्छ, तर यही सम्मेलनमा सम्झौता हुने सम्भावना भने छैन’ –सो मन्त्रालयका एक अधिकारीले भने । विमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । सम्मेलन आगामी साता भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुने खबर नेपाल समाचार पत्रमा प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like