सेतीदेवी सामुदायिक वनमा एकजना पुरुषको शव फेला

१४ बैशाख २०८० काठमाडौंँ । भक्तपुरको खरिपाटीस्थित सेतीदेवी सामुदायिक वनमा एकजना पुरुषको शव फेला परेको छ ।

चाँगुनारायण नगरपालिका–५ स्थित जंगलमा पुरुषको टाउको रुखमा र शरीर भुइँमा सडिसकेको अवस्थामा बुधबार फेला परेको हो । भक्तपुरका एसपी प्रजित केसीका अनुसार अन्दाजी ४५ वर्षीय पुरुषको शवको पहिचान हुन सकेको छैन। प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको छ ।

टाउको भने हरियो डोरीले बाँधिएको अवस्थामा रुखमा झुण्डिएको अवस्थामा थियो। ती पुरुषले आत्माहत्या गरेको र घाँटीको भाग सडेपछि शरीर भुइँमा झरेको हुनसक्ने प्रहरीको अनुमान छ।