महाष्ठमीमा सूर्यवंशी आले मगरहरुले गरे किराती देवी पुजा

२७ असोज २०७८ काठमाडौं ।छत्तीस काली देवी मध्येकी एक देवी किराती देवीको महाष्ठमीमा पुजा सम्पन्न भएको छ ।सूर्यवंशी आले मगरहरुको मूल देवतारुपमा चिनिने किरातीदेवीको महाष्ठमीमा पुजा सम्पन्न भएको हो । दशैंको महाष्ठमी र बैशाख पुर्णिमामा पुजिने देवताको उत्पति भएपछि हैजा उन्मुलन भएको आले मगरहरुले विश्वाश गर्दछन् ।शुद मनले मागेको कुनै एक वर पूरा हुने विश्वास गरिने रामेछापको कठजोरमा रहेको किराती देवीको महिमा दिनानुदिन बढ्दै गएको छ ।

जागिर मिलोस ,मनले ताकेको पुगोस् र सुव्यफाव्य होस भनेर भाकल गर्नेहरुले कुखुरा,परेवा र पाठी लिएर पुजा गर्न आउने गर्दछन् । विदेश यात्राहोस्, घरजग्गा किन्दा र कृषि/व्यापार थालनी गर्दा राम्रो होस भनेर निम /भाकल पुजा गर्ने चलन सूर्यवंशी आले मगर मगर समुदायमा प्रचलन रहेको छ ।

छत्तीसकाली देवी मध्ये गोर्खामा मनकामना,रामेछापमा ऐरामवास देवी,किराती देवी,काठमाडौंमा दछिनकाली देवी आदि मुख्य हुन् ।यस्तो रहेको छ किराती देवीको दृश्य:-

newskiran.com

newskiran.com

You May Also Like