एमसिसी जनघाती भएको नेकपा क्रान्तिकारी माओवादी (वैद्य) को ठहर, हेर्नुहोस् भिडियो सहित

८ असोज २०७८ काठमाडौं । चौतर्फी विरोध भइरहेको एमसिसी सम्झौता कार्यान्वयन नगर्न भन्दै नेकपा क्रान्तिकारी माओवादी ललितपुर जिल्ला कमिटिले लगनखेलमा कोण(विरोध) सभा गरेको छ । शुक्रबार नेकपा क्रान्तिकारी माओवादी(वैद्य)को नेतृत्वमा नेकपा माले,नेपाल कम्युनिष्ट पार्टी,देजमो नेपाल लगायतका प्रतिनिधि मिलेर विरोध सभा गरेको हो ।

विरोध सभामा नेकपा क्रान्तिकारी माओवादी प्रदेश सदस्य तथा ललितपुर जिल्ला सचिवालय सदस्य जगदीश महर्जनले एमसिसी जनघाती भएको बताएका छन् ।उनले भने एमसिसी सम्झौता कार्यान्वयन गर्न हुदैँन यो राष्ट्रको हितमा छैन् । अर्का प्रदेश सदस्य अर्जुनलाल श्रेष्ठले पनि एमसिसी जनघाती नै रहेको जिकिर गरे ।

सरकार बाहिर रहेका राष्ट्रवादी दलहरु मध्ये सडक संघर्षका अग्र मोर्चा(वाघ)का रुपमा चिनिने गरेको नेकपा क्रान्तिकारी माओवादी(वैद्य) पार्टीले यस अघि सिमाना सम्बन्धी विषय लिएर आन्दोलन गर्ने गरेको थियो । अहिले एमसिसी सम्झौता राष्ट्रघाती भएको भन्दै सडक संघर्ष अघि बढाएको छ ।

यस्तो छ नेकपा क्रान्तिकारी माओवादी (वैद्य)का नेताको अभिब्यक्ति:-

newskiran.com

newskiran.com

You May Also Like