वैद्य माओवादीले सिन्धुपाल्चोकमा संगठन बिस्तार अभियान बढायो


८ असोज २०७८ काठमाडौं ।नेकपा क्रान्तिकारी माओवादीको भातृ संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले देशब्यापी संगठन विस्तार अभियान थालेको छ । महासंघका ३ नम्बर प्रदेश संयोजक अर्जुन लाल श्रेष्ठले न्युज किरण डटकम अनलाइन खबरलाई जानकारी दिए; संगठनले देशब्यापी संगठन बिस्तार अभियान थालेको छ ।

हालै ३ नम्बर प्रदेशका संयोजक अर्जुनलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले निल बहादुर खत्रीको संयोजकत्वमा १७ सदस्यीय सिन्धुपाल्चोक भेला आयोजक कमिटी निर्माण भयो । कार्यक्रम मा ने क पा क्रान्तिकारी माओवादी सिन्धुपाल्चोक जिल्ला इन्चार्ज क.शिव श्रेष्ठ र पार्टी जिल्ला सचिब क.ज्ञानु खतिवडा र दे ज मो जिल्ला अध्यक्ष क.तिलक श्रेष्ठको विशेष उपस्थित रहेको जनाएको छ ।

newskiran.com

newskiran.com

You May Also Like