ललितपुरमा बन्दकर्ता पक्राउ,चारठाउँ बम फेला

२९ श्रावण २०७५-प्रहरीले नक्कली बम राखेर नागरिकलाई झुक्याउने तीनलाई पक्राउ गरेको छ । पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । जिल्लाका चार स्थानमा प्रेसर कुकरमा नक्कली बम राखेको उहाँले बताउनुभयो । बिहान ग्वार्को, ताल्छिखेल र बटुकभैरबमा नक्कली बम राखेको पाइएको थियो । दिउँसो कुपण्डोलमा नक्कली बमका कारण केहीबेर स्थानीयवासी त्रसित रहे । जिल्लामा बन्दको न्यून प्रभाव परेको थियो । उहाँले भन्नुभयो, “सार्वजनिक सवारी केही कम भए पनि साझालगायतका यातायात सेवा नियमित रहे ।” निजी सवारी साधन चलेको र र पसल खुल्ला नै रहेको प्रहरीले जनाएको छ । बन्दका कारण केही विद्यालयका बिहानी कक्षाहरुसमेत चलेनन् भने प्राय:विद्यालय बन्द नै रहयो । रासस

newskiran.com

newskiran.com

You May Also Like